अन्तरास्ट्रियसमाज

भारतमा निर्भया काण्डका दोषि चार जनालाई फाँसी दिइयो

भारतमा निर्भया काण्डका दोषि चार जनालाई फाँसी दिइयो

७ चैत २०७६ काठमाडौँ : सात बर्ष अघि सन् २०१२ मा भएको निर्भयाको सामूहिक बलात्कारमा संलग्न चार जना दोषिलाई शुक्रबार भारतमा फाँसी दिइएको छ ।

सात वर्ष लामो कानुनी सुनुवाइ पछि उनीहरूलाई विहान ५ः३० बजे झुण्डाएर फाँसी दिइएको भारतीय समाचार संस्था पिटीआईले जनाएको छ ।

उनीहरूले सात वर्ष अघि एक २३ वर्षीया छात्रालाई बसमा सामूहिक बलात्कार पछि निर्ममतापूर्वक हत्या गरेका थिए । सो घटनामा संलग्न मुकेश सिंह, पवन गुप्ता, बिनय शर्मा र अक्षयकुमार सिंहलाई दोषि ठहर गर्दै तिहाड जेलमा फाँसीको सजाय दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *