साउदी सरकारले भन्यो ‘कोराना को गलत पोष्ट गरे पाँच वर्ष कैद’

साउदी सरकारले भन्यो ‘कोराना को गलत पोष्ट गरे पाँच वर्ष कैद’

६ चैत २०७६ काठमाडौँ : साउदी सरकारले कोरोना भाइरसका बिषयमामा भ्रमपूर्ण समाचार फैलाउने व्यक्तिलाई पाँच वर्ष कैद र ३० (तीस) लाख साउदी रियाल जरिवाना हुनसक्ने बताइएको छ ।

साउदीस्थित नेपाली राजदूतावासले कोरोना भाइरसका ’boutमा भ्रमपूर्ण समाचार फैलाएको आरोपमा साउदी अनुसान्धान ब्यूरोले एक विदेशी नागरिकलाई पक्राउ गरी कानूनी कार्यवाहीको प्रक्रिया अघि बढाए पछि त्यहाँ रहेका नेपालीलाई दूतावासले सचेत बनाएको छ ।

दूतावासले बिहीवार एक सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण र फैलावट सम्बन्धमा साउदी सरकारका तथ्याङ्क र सूचना भन्दा बाहिर गएर अनावश्यक नबोल्नुहुन र तथ्यहीन विषय सोसल मिडियामा पोष्ट नगर्न अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस:-  विश्वमा एउटैमात्र कोरोना मुक्त देश हो उत्तर कोरिया

अत्यन्त संवदेनशील बन्दैगएको यो रोगको संक्रमण सम्बन्धमा कुनै अफवा फैलाउने सद्भाव खलबल्याउने प्रकारका कुनैपनि कार्य नगर्नुहुन दूतावासले साउदीमा रहेका नेपालीहरुलाई अनुरोध गरेको छ ।

कुनै गलत गतिविध भेटाएमा यहाँको कानुन अनुसार अत्यन्त कडा सजाय हुनेहँुदा सजग हुन आग्रह साउदी अरबमा रहेका नेपालीलाई राजदूतावास रियादको अनुरोध गरेको हो ।

साउदीमा हिजोसम्म कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २३८ पुगेको सरकारी स्रोतले जनाएको छ ।

राजधानी रियादमा मात्र हिजो थप १९ जनामा यो संक्रमण देखिएको दूतावासले बताएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने महत्वपूर्ण प्रयासका रुपमा यहाँको स्वास्थ्य मन्त्रालयले मोवाइल प्रयोग कर्ताहरुमा एक सन्देश पठाइ संक्रमण हुन नदिन अपनाउनुपर्ने सावधानीका ’boutमा जानकारी गराउन शुरु गरेको छ ।

यो पनि पढ्नुहोस:-  साउदी राजाको आदेश: सवै विदेशीको निःशुल्क उपचार गर्नु

आफ्नो मोवाइलमा प्राप्त हुने सचेतनाका सूचनाहरुलाई पालना गर्नुहुन नेपालीलाई दूतावासले आग्रह गरेको छ ।

साउदीमा कोरोना संकमितहरुको संख्या बढेकोले संक्रमण रोक्न मानिसहरुको आवागमन धेरै हुने धार्मिक स्थल समेत बन्द गर्ने निर्णय गरिसकेकोे छ ।

तसर्थ, संक्रमण रोक्न अपनाउनुपर्ने सावधानीका ’boutमा नेपाल सरकार तथा साउदी सरकारले जारी गरेका सचेतनामूलक सामाग्रीहरु एवं यस राजदूतावासले यस अघि जारी गरेका सूचना र जानकारीमा ध्यान दिनुहुन नेपालीलाई दूतावासले अनुरोध गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ