सानै उमेरमा पोइला जाने युवती बढेपछि मोबाइल प्रतिबन्ध

सानै उमेरमा पोइला जाने युवती बढेपछि मोबाइल प्रतिबन्ध

६ चैत २०७६ बिरगंज : बाराको सिम्रौनगढ नगरपालिका वडा नं ५ ले अनौठो निर्माण गरेको छ । वडाले अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो । बुधबार बसेको वडास्तरको बैठकले अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको हो ।

कम उमेरमा भागेर विहे गर्ने क्रम बढेपछि वडा समितिमा छलफल पछि अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय भएको हो ।

उक्त वडाको चौरहरिया टोलबाट एक महिनामा चौरहरिया टोलबाट मात्रै दुई जना १२/१४ बर्षका केटीहरु भागेका थिए । छोराछारी भागेपछि अभिभावक जनप्रतिनिधिकोमा गुनासो लिएर गएका थिए । गुनासो सम्बोधन गर्न यस्तो निर्णय गर्नुपरेको वडाले जनाएको छ ।

यो पनि पढ्नुहोस:-  सुदूरपश्चिममा भेटिए थप ३ जना कोरोना संक्रमित

अविवाहित केटा घरबाहिरको काममा रहने भएकोले उनीहरुलाई भने मोबाइल बोक्नमा प्रतिबन्ध लगाइएको छैन ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ