भारतबाट पनि आवत–जावत रोक्ने तयारी

भारतबाट पनि आवत–जावत रोक्ने तयारी

५ चैत २०७६ काठमाडौं : माहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) भित्रिन नदिन ५५ देशबाट प्रवेश रोक लगाएको सरकारले भारतबाट पनि अत्यावश्यकबाहेक मानवीय आवतजावतमा रोक लगाउने तयारी गरेको छ । यस’bout भोलि निर्णय हुन सक्ने अनुमान गरिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बुधबारमात्र युरोपसहित कोरोना प्रभावित ५५ मुलकबाट नेपाल प्रवेशमा रोक लगाएको थियो । तर, भारतबाट वा भारतको बाटो हुँदै तेश्रो मुलुकबाट आउने नेपाली वा भारतीयलाइ आउजाउ रोकिएको छैन ।

हवाई मार्गबाट औसत दैनिक १५०/२०० मानिस भारतबाट वा भारत ट्रान्जिट भएर आइरहेका छन् । तर, स्थलमार्गबाट नेपाल आउनेको संख्या बढी छ ।

यो पनि पढ्नुहोस:-  कोरोनाको डर : अपरिचितलाइ गाउँमा पस्न रोक

तेस्रो मुलुकका नागरिकलाई स्थलमार्ग भएर आउन रोक लगाए पनि रोजगारीका लागि भारत गएका नेपालीका साथै भारतीय नागरिकहरु निर्वाध रुपमा नेपाल आइरहेका छन् । उनीहरुलाई सीमा नाकामा ज्वरो मात्र नाप्ने गरिएको छ ।

साथै सीमा नाकाबाहेक चोरबाटोबाट पनि आउजाउ गर्नेहरुको संख्या ठूलो छ ।

पछिल्लो समय भारतमा कोरोना संक्रमितहरु भेटिन थालेकाले सरकारले सीमा नाकाहरुमा कडाइ गर्ने’bout छलफल थालेको हो । अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने १३७ जनामा संक्रमण भेटिएका छन् । त्यसैले सरकारले भारतबाट अत्यावश्यकबाहेक आवत–जावतमा रोक लगाउने तयारी थालेको स्रोतले बताएको छ ।

यसका लागि परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले मंगलबार नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्रालाई बोलाएर छलफल गरेका थिए । उनले भारत सरकारसँग छलफल गरेर राय दिने भन्दै एक दिनको समय मागेका थिए ।

यो पनि पढ्नुहोस:-  चर्चित हलिऊड अभिनेता एन्ड्रयु ज्याकको कोरोनाले मृत्यु

सरकारको तयारी भने नेपाल भारतबीच ८/१० वटा नाकाबाहेक सबै बन्द गर्ने र त्यहीँबाट अत्यावश्यक वस्तु आयात निर्यात गर्ने तयारी गरेको छ । स्रोतले भन्यो, ‘वस्तु आयात रोकिँदैन । मानवीय आवत–जावतको हकमा अति जरुरी बाहेक रोक्ने हाम्रो तयारी छ ।’

भारत सरकारले पनि नेपालसँगको सीमानाकामा कडाइ गर्ने बताइसकेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ