एसईई परीक्षा स्थगित

एसईई परीक्षा स्थगित

५ चैत २०७६ काठमाडौं : सरकारले बिहिबार बाट हुने भनेर तय गरिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको बताएका छन् ।

भोलि बिहिबार चैत ६ गतेदेखि तोकिएको एसईई परीक्षा आचानक स्थगित भएको छ ।

यसअघि सरकारले एसईई परीक्षा नरोक्ने बताउंदै सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको भएपनि अचानक स्थगित गर्ने मनस्थितिमा सरकार पुगेको छ ।

बुधबार अपरान्ह बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले एसई परीक्षा स्थगित नगर्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस:-  चर्चित हलिऊड अभिनेता एन्ड्रयु ज्याकको कोरोनाले मृत्यु

तर लगत्तै बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि उच्च स्तरीय समिति संयोजक पोखरेलले बुधबार कै निर्णय हुने गरी एसईई स्थगित भएको जानकारी दिएका हुन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ