खेल र मनोरञ्जन लगायतका स्थल बैशाख १८ सम्म बन्द

खेल र मनोरञ्जन लगायतका स्थल बैशाख १८ सम्म बन्द

५ चैत २०७६ काठमाडौं : सरकारले सिनेमाहल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल र मनोरञ्जन लगायतकास्थलहरू आगामी वैशाख १८ गतेसम्मका लागि वन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले सिनेमाहल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल र मनोरञ्जन स्थल, म्युजियम, जिम, हेल्थ क्लब, स्विमिङ्ग पुल, डान्सवार तथा क्लवलाई आगामी वैशाख १८ गतेसम्म बन्द गर्ने र यसको अनुगमन गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने निर्णय गरिएको बैठक पछि सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस:-  अमेरिकाले भन्यो कोरोना नरहेको उत्तर कोरियाको दाबी: असम्भव

बैठकले अत्यावश्यक काममा बाहेक आवतजावत र हिड्डुल नगर्न आग्रह गर्दै सांस्कृतिक एवम् सामाजिक कार्यहरूमा पार्टीप्यालेस, मठमन्दिर, गुम्वा, मस्जिद, चर्च जस्ता धार्मिक र सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी मानिसहरू भेलाहुन बन्द गर्ने निर्णय गरेको मन्त्री खतिवडाले बताउनुभयो ।

सार्वजनिक सवारीसाधनहरूमा सीट क्षमता भन्दा बढी यात्रु ओसारपसार नगर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सार्वजनिक यातायातका सवारी धनीलाई प्रत्येक दिन सवारीसाधनलाई Disinfection गर्न लगाउने र यसको अनुगमन नेपाल प्रहरी र यातायात व्यवस्था विभागले गर्ने निर्णय उच्चस्तरीय समितिले गरेको छ ।

कोरोना भाइरसको संक्रमण भई उपचार गर्नुपर्ने भएमा त्यस्ता विरामीहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका सरकारी, सामुदायिक तथा निजी अस्पतालबाट उपचार गराउने व्यवस्था मिलाइने मन्त्री डा.खतिवडाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस:-  भारतको हरियाणाबाट साइकल चढेर १५ दिनमा नेपाल, लुकेर सिमा वारी

यसैगरी बैठकले भोलिदेखि सञ्चालन हुने SEE परीक्षा प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवम् व्यवस्थित रूपमा सञ्चालन गर्ने र बाल विकास केन्द्र, आधारभूत तथा माध्यामिक विद्यालयहरू र विश्वविद्यालयहरूका पठन पाठन यही चैत्र मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यसैगरी दैनिक उपभोग्य अत्यावश्यक सामग्रीको पर्याप्त मौज्दात भएकाले आम उपभोक्तालाई आवश्यक भन्दा बढी सामग्रीहरू खरिद र अनावश्यक सञ्चय नगर्न अनुरोध गर्दै बजारमा उपभोग्य सामग्रीको कृतिम अभाव श्रृजना गर्ने, कालो बजारी र मिसावट गर्नेलाई कानून बमोजिम कारवाही गर्ने निर्णय निर्णय गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ