कोरोना प्रभावित ५५ देशबाट नेपाल आउन प्रतिबन्ध, थियटर/जिम/डान्स बार पनि बन्द

कोरोना प्रभावित ५५ देशबाट नेपाल आउन प्रतिबन्ध, थियटर/जिम/डान्स बार पनि बन्द

५ चैत २०७६ काठमाडौं : नेपाल सरकारले कोरोना भइरस प्रभावित देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध गरेको छ ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन रोक लगाएको हो ।

यो संगै सरकारले नेपालमा संचालित ब्यापार/व्यवसायहरु जसमा मानिसको जमघट हुन्छ ति सबै बन्द गर्ने घोषणा गरेको छ। तत्काल बन्दन गर्ने निर्णय गरिएका ब्यबसाय हुन् जिम खाना, डान्स बार, र सिनेमा हाल।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले ३० अप्रिलसम्मलाई ती क्षेत्र बन्द गर्ने निर्णय बुधबार गरेको हो ।

त्यसै अनुरुप निर्णयको २ नं. बुँदामा भनिएको छ, ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने ।’

साथै निर्णयको १३ नं. बुँदामा होटल, रेष्टुरेन्ट तथा सपिङ्ग महलको सञ्चालकहरुलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गरी टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न लगाउने पनि भनिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ