फेरी फेला पर्यो लुकाई राखेको १० लाख मास्क

फेरी फेला पर्यो लुकाई राखेको १० लाख मास्क

काठमाडौ, चैत्र ५ गते । महानगरीय अपराध महाशाखाको टोलीले राजधानीको सानो भ¥याङबाट फेरि १० लाख थान सर्जिकल मास्क बरामद गरेको छ ।

विश्वमै कोरोना भाइरसको आतंकका बीच मास्कमा कालोबजारी भैरहेको गुनासोसँगै आक्रमक रुपमा उत्रिएको प्रहरीले सानो भ¥याङबाट १० लाख मास्क बरामद गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले बुधबार सो परिमाणको मास्क बरामद गरेको एसएसपी थापाले जानकारी दिनुभयो । गोरखा स्थायी घर भएर सानो भ¥याङमा दीप ओभरसिजका संचालक युवराज न्यौपानेलाई पक्राउ गरेको थापाले बताउनुभयो ।

यसअघि प्रहरीले शनिबार,आइतबार र सोमबार ११ लाख थान मास्क बरामद गरेको थियो ।

यो पनि पढ्नुहोस:-  राहतको विषयमा झडप, १९ घाइते

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ