बि डिभिजन लिग : ब्योइज युनियन र आरसिटीको बराबरी

बि डिभिजन लिग : ब्योइज युनियन र आरसिटीको बराबरी

४ चैत्र २०७६ काठमाडौँ: बी डिभिजन लिगमा छैठौ राउण्ड सुरु भएको छ। आज बाट सुरु भएको छैठौ राउन्डको पहिलो खेलमा ब्योइज युनियन क्लब र आरसिटी बीच भएको भिडन्तमा दुवै टिमले बराबरी खेलेर अंक बाडेका छन्।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा १२:३० बजे सुरु भएको पहिलो खेलमा ब्वाइज युनियन क्लब र रानीपोखरी कर्नर टिम(आरसिटी) ले २-२ गोल गर्दै बराबरी खेलेका हुन् ।

पहिलो हाफमा दुवै टिमले २-२ गोल गर्न सफल भएपनि दोश्रो हाफमा दुवै टिमबाट कुनैपनि गोल हुन सकेन। त्यसपछि खेल बराबरीमा टुंगिएको थियो।

ब्वाइज युनियन क्लब बी डिभिजन लिगको अंक तालिकाको छैठौ स्थानमा रहेको छ भने रानीपोखरी कर्नर टिम(आरसिटी) क्लब अंक तालिकाको आठौँ स्थानमा रहेकोमा उक्लिएर सातौ स्थानमा पुगेको छ ।

खेलमा म्यान अफ द म्याच ब्योइज युनियन क्लबका बिबेक पौडेल हुन पुगेका छन्।

ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।

सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ