बि डिभिजन लिगमा आज दुई खेल हुँदै, अंक तालिका सहित

बि डिभिजन लिगमा आज दुई खेल हुँदै, अंक तालिका सहित

४ चैत्र २०७६ काठमाडौँ: बी डिभिजन लिगमा आज दुई खेलहरु हुँदै छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज हुने बी डिभिजन लिगको पहिलो खेलमा ब्वाइज युनियन क्लबले रानीपोखरी कर्नर टिम(आरसिटी) को सामना गर्ने छ भने दोस्रो खेलमा सातदोबाटो युथ क्लबले झम्सिखेल युथ क्लबको सामना गर्दै छ ।

ब्वाइज युनियन क्लब र रानीपोखरी कर्नर टिम(आरसिटी) को खेल १२:३० बजे देखि सुरु हुँदै छ भने सातदोबाटो युथ क्लब र झम्सिखेल युथ क्लबको ३:३० बजे देखि सुरु हुँदै छ । ब्वाइज युनियन क्लब बी डिभिजन लिगको अंक तालिकाको छैठौ स्थानमा रहेको छ भने रानीपोखरी कर्नर टिम(आरसिटी) क्लब अंक तालिकाको अंक तालिकाको आठौँ स्थानमा रहेको छ ।

सातदोबाटो युथ क्लब अंक तालिकाको शिर्ष स्थानमा । १५ अंक जोड्दै सातदोबाटो युथ क्लब अंक तालिकाको शिर्ष स्थानमा रहेको हो । त्यस्तै ५ अंक जोडेको झम्सिखेल युथ क्लब अंक तालिकाको नवौं स्थानमा रहेको छ ।

ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।

सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ