कोरोना सङ्क्रमणबाट स्पेनी फुटबल प्रशिक्षकको मृ्त्यु

कोरोना सङ्क्रमणबाट स्पेनी फुटबल प्रशिक्षकको मृ्त्यु

४ चैत्र २०७६ एजेन्सी :कोरोना भाईरसको सङ्क्रमणबाट आक्रान्त बनेको स्पेनमा कोरोना भाइरसको सङ्क्रमणबाट एक जना युवा फुटबल प्रशिक्षकको मृत्यु भएको छ ।

एट्लेटिको पोर्टाडा अल्टा क्लबसंग आवद्ध २१ बर्षिया फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको छ ।

क्लबको जुनियर टोलीलाई प्रशिक्षण दिईरहेका फ्रान्सिस्कोलाई भाईरसको गम्भिर लक्षण देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो । तर अस्पतालले उनी ब्लड क्यान्सरको विरामी समेत रहेको पत्ता लगाएको थियो ।

ब्लड क्यान्सर समेत भएकोले उनको मृत्यु भएको हुनसक्ने चिकित्सकले बताएका छन् । यूरोपमा इटली पछि सबैभन्दा बढी प्रभावित मुलुक स्पेनमा एकसाता यता कोरोना सङ्क्रमणको आपतकालघोषणा गरिएको छ ।

त्यहाँआठ हजार बढीमा कोरोनाको संक्रमण देखिएको छ । त्यस्तै २ सय ९७ जनाको मृत्यु भएको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ