नेपालमा ४६७ नेपालीको कोरोना परीक्षण, सबैको नतिजा नेगेटिभ

नेपालमा ४६७ नेपालीको कोरोना परीक्षण, सबैको नतिजा नेगेटिभ

४ चैत २०७६ काठमाडौं: नेपालमा आइतबारसम्म ‘कोभिड–१९’ को परीक्षण गरिएका सबै नतिजा ‘नेगेटिभ’ देखिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहले आइतबारसम्म ४६७ नेपालीको कोरोनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ अर्थात् सकारात्मक आएको जानकारी दिनु भयो।

नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान नाष्टले आयोजना गरेको संवाद कार्यक्रममा स्वास्थ्य बिशेषज्ञ तथा नाष्टका बैज्ञानिकहरुले सरसफाइ अपनाउँदा कोरोना भाइरसको जोखिम कम गर्न सकिने जानकारी दिनुभयो ।

कोरोना भाइरस कोभिड १९: जानकारी तथा जनचेतना बिषयक सो कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर बासुदेव पाण्डे , नाष्टका मुख्य बैज्ञानिक कान्ती श्रेष्ठ लगायतका वक्ताले मास्क र सेनीटाइजरको सहि प्रयोग गर्न सबैलाइ सुझाव दिनुभयो ।

उहाँहरुले हात धुने बानी नै रोग लाग्न नदिने उत्तम उपाय भएको बताउनुभयो । हात धुन पानी उपलब्ध नभएको अवस्थामा मात्र सेनीटाइजर प्रयोग गर्न सल्लाह दिनुभयो ।।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ