बि डिभिजन लिग: सातदोबाटो र झम्सिखेलको बराबरी

बि डिभिजन लिग: सातदोबाटो र झम्सिखेलको बराबरी

४ चैत २०७६ काठमाडौँ : बि डिभिजन लिग अन्तर्गत आज बाट सुरु भएको छैठौ चरणको दोश्रो खेलमा झम्सिखेल युथ क्लब र सातदोबाटो युथ क्लबले बराबरी खेलेका छन् । झम्सिखेल र सातदोबाटो युथ क्लब ले १-१ गोलको बराबरी खेलेका हुन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा झाम्सिखेल र सातदोबाटो क्लबबीच १-१ गोलको बराबरी भएको हो । झम्सिखेलका लागि फरवार्ड भुवन राइले खेलको १० औ मिनेटमा पहिलो गोल गर्दै लिएको अग्रता सम्हाल्न नसक्दा खेलको ७१ औ मिनेटमा सातदोबाटोका फरवार्ड बिरेन्द्र लिम्बुले गोल गर्दै खेललाइ बराबरीमा ल्याएका थिए।

अंक तालिकाको शिर्ष स्थानमा रहेको सातदोबाटो युथ क्लब बराबरीका बाबजुद आफ्नो शिर्ष स्थान जोगाउन सफल भएको छ भने झम्सिखेल युथ क्लब अंक तालिकाको आठौँ स्थानमा उक्लिएको छ । १६ अंक रहेको सातदोबाटो युथ क्लब अंक तालिकाको शिर्ष स्थानमा कायम रहदा ६ अंक जोड्न सफल झम्सिखेल युथ क्लब अंक तालिकाको आठौँ स्थानमा आएको हो ।

यो पनि पढ्नुहोस:-  भारतको हरियाणाबाट साइकल चढेर १५ दिनमा नेपाल, लुकेर सिमा वारी

खेलमा म्यान अफ द म्याच सातदोबाटो युथ क्लबका बिरेन्द्र लिम्बु हुनु भएको छ।

ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।

सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।

यो पनि पढ्नुहोस:-  लक डाउनमा थप कडाइ गर्ने सरकारको निर्णय, एक स्थानीय तह बाट अर्कोमा जान निषेध

साथै एन्फाले कोरोना संक्रमणका कारण आगामी ७ दिनका लागि बि डिभिजन लिग स्थगित गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ