काभ्रेको पनौतीमा अनिश्चितकालिन कर्फ्यू

काभ्रेको पनौतीमा अनिश्चितकालिन कर्फ्यू

४ चैत २०७६ काठमाडौं : काभ्रेको पनौती नगरपालिकाको बजारक्षेत्रमा कर्फ्यू लगाइएको छ । हिजो दिउँसो टिपरको ठक्करबाट स्थानीय पैदलयात्री आमाछोरीको मृत्यु भएको विषयलाई लिएर आज विहान पुनः प्रदर्शन र झडप भएपछि स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि कर्फ्यूको आदेश जारी गरेको हो ।

काभ्रेको पनौती नगरपालिका वडा नं. ५ पनौती बसपार्कमा हिजो अपरान्ह टिपरको ठक्करले पैदलयात्री आमा छोरीको मृत्यू भएको थियो । त्यही घटनालाई लिएर आक्रोशित भीडले ढुंगामुढा गर्दा परिस्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर, अश्रुग्याँस र गोली समेत चलाएको थियो ।

भीडलाई नियन्त्रणमा लिने क्रममा शुरुमा प्रहरीले १२ राउण्ड हवाई फायर र १७ सेल अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले बताउनुभएको छ ।

यो पनि पढ्नुहोस:-  अमेरिकाले भन्यो कोरोना नरहेको उत्तर कोरियाको दाबी: असम्भव

सो क्रममा दोहोरो झडप हुँदा चलाएको गोली लागेर प्रहरी र सर्वसाधारण गरी ७ जना घाईते भएको उहाँले बताउनुभयो । ‘घाईते ७ जनामध्ये केही अस्पतालमा उपचारपश्चात घर फर्किसकेको र दुवैतर्फका गरी ३ जना अझै उपचाररत छन् ।

बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नम्बरको टिपरले पनौती नगरपालिका ५ बसपार्कमा ठक्कर दिई घाईते भएका खानिखोला गाउँपालिका १ बस्ने वर्ष २६ कि जुनिमाया गोले र उहाँका ३ बर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा सोमवार निधन भएको थियो । सोही विषयलाई लिएर भएको दोहोरो झडपका कारण रातीसम्म पनौती बजार तनावग्रस्त रहेको थियो ।।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ