बि डिभिजन लिगमा आज दुई खेल हुँदै, अंक तालिका सहित

बि डिभिजन लिगमा आज दुई खेल हुँदै, अंक तालिका सहित

३  चैत्र  २०७६ काठमाडौँ: बी डिभिजन लिगमा आज दुई खेलहरु हुँदै छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज हुने बी डिभिजन लिगको पहिलो खेलमा श्रीकुमारी क्लबले खुमलटार युथ क्लबको सामना गर्दै छ भने दोस्रो खेलमा श्री भगवती क्लबले टुसाल  युथ क्लब को सामना गर्ने छ ।

श्रीकुमारी क्लब र खुमलटार युथ क्लब खेल १२:३० देखि हुँदै छ भने श्री भगवती क्लब र  टुसाल  युथ क्लब खेल ३:३० बजे देखि हुँदै छ ।

श्रीकुमारी क्लब बी डिभिजन लिगको दशौं  स्थानमा रहेको छ । श्रीकुमारी क्लबले ४  खेल मध्ये १  मा जित  र ३ खेलमा हारको नजिता निकाल्दै ३ अंक जोड्दै दशौं  स्थानमा रहेको छ । खुमलटार युथ क्लब अंक  तालिकाको तेस्रो स्थानमा रहेको छ । खुमलटार युथ क्लबले ४ खेल मध्य ३ मा जित र १ खेल बराबरि खेलेको छ ।

श्रीकुमारी  भगवती  क्लबको बी डिभिजन लिगको नवौं  स्थानमा रहेको छ । श्रीकुमारी  भगवती  क्लबले  ४  खेल मध्य  १ खेलमा जित १ खेल ड्र ३ खेलमा पराजित भएको छ ।

टुसाल युथ क्लब बी डिभिजन लिगमा ७ अंक सहित छैठौ  स्थानमा रहेको छ । टुसाल युथ क्लबले ४ खेल मध्य २ खेलमा  जित १ खेल ड्र र १ खेलमा पराजित हुँदै  बी डिभिजन लिगको छैठौं स्थानमा रहेको छ ।

ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।

सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ