१३५ मिलियन पाउन्डमा नेयमार बेच्न पिएसजी तयार

१३५ मिलियन पाउन्डमा नेयमार बेच्न पिएसजी तयार

४ चित्र २०७६ एजेन्सी: पेरिस सेन्ट जर्मेन (पिएसजी)ले आफ्ना ब्राजीलियन स्टार फवार्ड नेयमार बेच्न तयार भएको छ ।पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लबले नेयमारको लागि यो चोटी नँया मुल्य तोकेको छ ।

यो भन्दा अगाडी नेयमारको मुल्य १८६ मिलियन तोकिएको थियो। तर यो पटक भने नेयमार मुल्यमा ५१ मिलियन पाउन्ड घटाउदै १३५ मिलियन पाउन्डको नँया मुल्य तोकेको छ ।

अघिल्लो ट्रान्सफरमा नेयमारका लागि बार्सिलोनाले प्रयास गरेपनि अन्तिम समयमा मुल्यमा छिनोफानो नहुदा नेयमार पीएसजीमै रहन बाध्य बनेको थियो ।

सन् २०१७ मा बार्सिलोनाबाट नेयमार २२२ मिलियन पाउण्डमा पीएसजी गएका थिए । २८ वर्षीय नेयमारले पीएसजीमा तीन सिजन ८० खेल खेल्दै ६९ गोल गर्नुका साथै ३९ असिस्ट दिएका छन् । युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको पिएसजी लिग वानको शिर्ष स्थानमा छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ