आईपिएल २०२०: कोलकाता नाइट राइडर्सको फुल स्क्वाड

आईपिएल २०२०: कोलकाता नाइट राइडर्सको फुल स्क्वाड

२ चैत्र २०७६ एजेन्सी: इन्डियन प्रिमियर लिग (आईपीएल/IPL) एक महिनाभन्दा लामो अवधिसम्म हुने ट्वान्टी-ट्वान्टी क्रिकेट लिग हो । इन्डियन प्रिमियर लिग विश्वको चर्चित क्रिकेट लिग प्रतियोगिता मध्ये एक ठुलो लिग हो । विश्व क्रिकेटका हस्तीहरुले भरिएको सो प्रतियोगिता क्रिकेटमा सबैभन्दा बढी चर्चामा रहने र धेरै दर्शकले हेर्ने प्रतियोगिता मानिन्छ । सन् २००८ देखि आइपीएल सुरु भएको हो ।

कोलकाता नाइट राइडर्स आईपिएलको एक सफल टोलिको रुपमा चिनिने गर्छ । यो टोलीले हालसम्म सन् २०१२ र २०१४ गरी २ चोटी आईपिएलको उपाधि हात परेको छ । कोलकाता नाइट राइडर्सले अष्ट्रेलियाका तीब्र गतिका बलर प्याट कमिन्सलाई कोलकाता नाइट राइडर्सले १५.५ करोड भारतीय रुपैयाँ अनुबन्ध गरेको छ । कोलकाता नाइट राइडर्सले प्याट कमिन्सलाई इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासकै सबैभन्दा महँगोमा मुल्य हाली खरिद्र गरिएको खेलाडी हो ।

यो वर्ष आइपिएल कोलकाता नाइट राइडर्सले ९ जना खेलाडीलाइ खरिद गरेको छ ।

अनुबन्ध गरेको खेलाडी:प्याट कमिन्स(१५.७५ करोड),टम ब्याटन(१ करोड),राहुल त्रिपाठी(६० लाख),निखिल नाइक(२० लाख),इओन मोर्गन(५.२५), क्रिस ग्रिन(२० लाख),बरुण चत्रबर्ती(४करोड),एम सिद्धार्थ(२० लाख),प्रविन ताम्बे(२० लाख)

कोलकाता नाइट राइडर्सको फुल स्क्वाड: सिद्ध कृष्ण,शुवमन गिल, कमलेश नगरकोटी, शिवम माभी, बरुण चत्रबर्ती(४करोड), एम सिद्धार्थ, सुनिल नारायण, हेरी गुर्नी, इओन मोर्गन(५.२५), आन्द्रे रसेल, दिनेश कात्तिक, सिदेश लड, प्याट कमिन्स(१५.७५ करोड), ल्योकी फग्र्युसन, निखिल नाइक(२० लाख), कुलदीप यादव, प्रविन ताम्बे(२० लाख),सन्दीप वारिर, नितेश राना, निकु सिंह, क्रिस ग्रिन(२० लाख),टम ब्याटन(१ करोड) राहुल त्रिपाठी(६० लाख)

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ