टिपर आपसमा ठाेकिदा २२ घाइते, चारको अवस्था गम्भीर

टिपर आपसमा ठाेकिदा २२ घाइते, चारको अवस्था गम्भीर

२ चैत २०७६ काठमाडाैं : काभ्रेको मन्डनदेउपुर नगरपालिका ४ बाट सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको देउराली जाँदै गरेको बा ५ ख ५७७४ नं को मिनिटिपर र बा २ ख २१८२ न को टिपर ठाेकिदा २२ जना घाइते भएका छन् । साे घटनामा मिनिटिपर सडक वाट १० फिट तल झरेको छ ।

घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले जानकारी दिनुभयो । मन्डन देउपुरको चैनपुरमा गर्भवती महिलालार्इ दहीचिउरा खुवाएर फर्कदै गर्दा मन्डनदेउपुर ७ कुन्ताबेशिमा टिपर र मिनिटिपर ठाेकिदा मिनिटिपर खोल्सामा खसेको थियो । दुर्घटनामा घाइते मध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस:-  प्लास्टिक टिप्नेको घरमा आगलागी हुँदा भेटियो २५ लाख

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ