समाचार

पोखरामा पाँच रेक्टरको भूकम्प

पोखरामा पाँच रेक्टरको भूकम्प

२ चैत २०७६ पोखरा: गण्डकी क्षेत्रमा आइतबार भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राती ८ः४५ बजे कास्कीको अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक स्याउलीबजार केन्द्र भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का गण्डकी प्रदेशका अधिकांश स्थानमा महसुस गरिएको थियो । भूकम्पको धक्कापछि अधिकांश मानिस घरबाट बाहिर निस्केका थिए । भूकम्पको केन्द्र स्याउलीबजारका स्थानीय सूचना गुरुङकाअनुसार भुकम्पको धक्का महसुस भए पनि कुनै भौतिक क्षति भएको छैन । रातको समयमा भूकम्पको धक्कापछि स्थानीय घरबाहिर निस्केर बसेको गुरुङले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *