कोरोना संक्रमणले भारतमा दोस्रो व्यक्तिको मृत्यु, ८२ संक्रमित फेला

कोरोना संक्रमणले भारतमा दोस्रो व्यक्तिको मृत्यु, ८२ संक्रमित फेला

१ चैत २०७६ काठमाडौँ : भारतमा कोरोना भाइरस (कोेभिड १९) को संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । भारतीय संचार माध्यमले जनाए अनुसार पछिल्लो पटक दिल्लीको पश्चिम क्षेत्रकी ६९ वर्षीया महिलाको मृत्यु भएको हो । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

मृतक महिलाको छोरा समेत कोरोनो भाइरसबाट संक्रमित रहेको बताइएको छ । मृतक महिला पहिलेदेखि नै डायबिटिज र हाइपरटेन्सनको बिरामी हुनुहुन्थ्यो । कोरोना भाइरसका कारण भारतमा पहिलो मृत्यु कर्नाटकको कलबुर्गी भन्ने स्थानका ७६ वर्षीय वृद्धको भएको थियो । मृतक वृद्ध केही समय अगाडी साउदी अरबबाट भारत फर्कनुभएको थियो ।

यो पनि पढ्नुहोस:-  लकडाउनमा चोकको भलाकुशारी

यसैबीच कोरोना भाइरसबाट भारतमा संक्रमितको संख्या ८२ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । संक्रमितहरुमध्ये ६५ जना भारतीय र १७ जना विदेशी छन् । संक्रमित दुई जना व्यक्ति भने उपचारपछि निको भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ