लोग्ने स्वास्नीबीच को कुटाकुट छुट्याउन जाँदा शिक्षिका कार्कीको ढुंगाले हानेर हत्या

लोग्ने स्वास्नीबीच को कुटाकुट छुट्याउन जाँदा शिक्षिका कार्कीको ढुंगाले हानेर हत्या

१ चैत २०७६ ओखलढुंगा : ओखलढुंगाको मोलुङ गाउँपालिका –५ प्राप्चाकी ३२ वर्षिय शिक्षिका हिरादेवी कटुवाल कार्कीको हत्या आरोपमा दुई जना पक्राउ परेका छन् ।

मंगलबार बिहान साढे ८ बजे विद्यालय हिडेकी शिक्षिका कार्की मृत फेला परेकी थिइन् । कार्कीको हत्या गरेको अभियोगमा सिद्धिचरण नगरपालिका–९ का २५ वर्षिय रविराज रम्तेल र उनकी श्रीमती वर्ष २३ की कमला सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

रम्तेल दम्पतीबीच भएको झगडा छुट्याउँदा शिक्षिकाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेसँगै उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले बताउनुभयो । ‘अनुसन्धानका क्रममा रम्तेल दम्पतीबीच भएको झगडा छुट्याउन जाँदा कार्कीको हत्या भएको देखिन्छ, तर थप तथ्य आउन बाँकी छ ।’ प्रहरी निरीक्षक बस्नेतले भन्नुभयो । उनीहरु विरुद्ध ओखलढुंगा जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यो पनि पढ्नुहोस:-  नेपालमा कोरोना संक्रमणबाट कोहि पनि मरेको छैन, संक्रमित ८ जनाको स्वास्थ्य सामान्य

रम्तेलकी श्रीमती कमला मोलुङ्ग गाउँपालिका–५ प्राप्चामा माइत बस्दै आएकी थिइन् । श्रीमतीलाई लिन गएका रम्तेल र श्रीमतीबीच कुटाकुट भइरहेको समयमा छुट्याउन जाँदा शिक्षिका कार्कीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा रविराजले कार्कीको हत्या गरेको स्वीकारेका छन् ।

मृतक कार्कीको टाउकोको पछाडी भाग र चिउडोमा ढुंगाले हानेको जस्तो चोट देखिएकाले स्थानीयले हत्याको आशंका गरेका थिए ।

प्रहरीका अनुसार रविराज चोरी मुद्दामा पक्राउ परी ५० हजार रुपैयाँ धरौटी र करिब दुई महिना कारागारमा कैद भुक्तान गरी भर्खरै छुटेका थिए । बेमेलका कारण उनकी श्रीमती माइतमा बस्दै आएकी थिइन् ।

मृतक शिक्षिका कार्की सोही गाउँपालिकाको वडा नं. ६ श्रीचौरमा रहेको सहिद पेशल आधारभूत विद्यालयमा २०६६ सालदेखि बालशिक्षा सहयोगीका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँका अढाई वर्षको छोरा हुनुहुन्छ । उहाँका श्रीमान एक महिना अघिमात्र वैदेशीक रोजगारीबाट घर फर्किनु भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ