क्रिकेट

सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सलाइ आइपिएल ‘निल्नु न ओकल्नु’

सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सलाइ आइपिएल निल्नु न ओकल्नु

३० फागुन २०७६ एजेन्सी : बिहिबार मात्र दिल्लीमा कुनैपनि मानिस जम्मा हुने गतिबिधिले सरकारले रोक लगाए संगै यसको सबै भन्दा ठुलो प्रभाव सन्दिप लामिछाने अनुबन्धित रहेको आइपिएल टिम दिल्ली क्यपिटल्सलाइ परेको छ। दिल्ली क्यपिटल्सलाइ २०२० सिजनको आइपिएल निल्नु न ओकल्नु बनेको हो। आइपिएल नजिक आइरहदा दिल्ली क्यपिटल्सले आफ्नै घेरेलु मैदानमा प्राक्टिस गर्न नपाउने भएपछि यस्तो अवस्था आएको हो ।

दिल्ली सरकारले भिडभाड हुने स्थान मात्र नभएर सिनेमा हाल समेत १ महिना नचलाउने घोषणा गरेको छ।

यता बिसिसिआइले सुक्रबार मात्र नयाँ घोषणा गर्दै विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाईरसको कारण आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) पछि सारिएको मात्र हैन यो खेल खाली स्टेडियममा खेलाउने निर्णय गरेको छ ।

चैत १६ देखि सुरु हुने भनिएको आईपीएल बैशाख ३ देखी सुरुहुने भारतीय क्रिकेट बोर्ड बिसिसिआईले जनाएको छ ।

केहि दिन अघि मात्र भारत सरकारले वैशाख ३ गते सम्म सबै भिसा बन्द गरेपछि अन्योल रहेको बिदेशी खेलाडी सहभागी हुने सम्भावना आइपिएल सरेको घोषणा गरेसंगे टरेको छ। खेल सरे सँगै अव आइपिएलमा विदेशी खेलाडी सहभागिता जनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *