फुटबल

मेस्सी सहित छ खेलाडी आर्जेन्टिना बोलाइए

मेस्सी सहित छ खेलाडी आर्जेन्टिना बोलाइए

२८ फागुन २०७६ काठमाडौं : आर्जेन्टिनाले लियोनल मेस्सीसहित इटालीमा रहेका आफ्ना छ खेलाडीलाई फित्र्ता बोलाएको छ । विश्वकप फुटबलका पहिलो दुई छनोट खेलका लागि आर्जेन्टिनाले छ जनै खेलाडीलाई फित्र्ता बोलाएको हो ।

आर्जेन्टिनाले इटाली, स्पैन, जर्मनी र फ्रान्स यात्रामा प्रतिबन्ध लगाएको छ । इटालीमा रहनुभएका खेलाडी फित्र्ता आएपछि १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने आर्जेन्टिनाले स्पष्ट गरेको छ । आर्जेन्टिनाले विश्वकपको आफ्नो पहिलो छनोट खेल इक्वेडर विरुद्ध मार्च २६ मा खेल्नेछ । मेस्सी उक्त खेलमा सहभागी नहुने गरी निलम्बनमा पर्नुभएको छ ।

मार्च दोस्रो सातासम्म इटालीमै रहेका खेलाडीले १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने निर्णयले आर्जेन्टाइन फुटबल संघलाई समस्यामा पार्न सक्ने बताइएको छ । उक्त समस्याको हल कसरी गर्ने सम्बन्धमा कुनै निर्णय भइसकेको छैन् ।

आर्जेन्टिनाले छनोटको दोस्रो खेल मार्च ३१ मा बोलिभिया विरुद्ध खेल्दा मेस्सी टोलीमा रहनुहुनेछ । छनोटका लागि आर्जेन्टिनाले घोषणा गरेको टोलीको गोलरक्षकमा जुआन मुस्सो रहनुभएको छ ।
रक्षात्मक पंक्तिमा नेहुएन पेरेज, निकोलास ओटामेन्डी, रेञ्जो साराभिया, जर्मन पेजेल्ला, निकोलास टाग्लीयाफिको, लिओनार्दो बर्लेदी हुनुहुन्छ ।

त्यसैगरी, मीडफिल्डमा गाइडो रोड्रिगज, एक्जेक्विल पालासियस, रोबर्टो पेरेरा, रोड्रिगो डी पौल, मार्कस एक्युना, लिएन्ड्रो परेडेज, निकोलास डोमिन्गुज, जिओभानी लो सेल्सो, अलेक्सिस म्याक एलिस्टर रहनुभएको छ ।

फरवार्डमा लिओनल मेस्सी, सर्जिओ अग्वेरी, लुकास ओकाम्पोस, लुकास अलेरियो, निकोलास गोञ्जालेज, पाउलो डीबाला र लौतारो मार्टिनेज हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *