फुटबल

बि डिभिजन लिग: झम्सिखेल युथ क्लबको पहिलो जित

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा झम्सिखेल युथ क्लबको पहिलो जित दर्ता गरेको छ ।

२८ फागुन २०७६ काठमाडौँ: सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा झम्सिखेल युथ क्लबले श्रीकुमारी क्लबलाइ २-० गोलले पराजित गरेको छ ।

पहिलो हाफ दुवै टोलीले गोल रहित बराबरी खेलेका थिए । तर दोस्रो हाफको ७१ औं मिनेटमा भुवन राइले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो गोल खेलको इन्जुरी समयमा भएको थियो । दोस्रो गोल मदनले गरेका थिए ।

जितसँगै झम्सिखेल युथ क्लबले ४ खेलमा ४ अंक जोडेको छ । श्रीकुमारी क्लबले ४ खेलमा ३ अंक जोडेको छ । जितसँगै झम्सिखेल युथ क्लब सातौँ स्थानमा उक्लिएको छ ।

ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।

सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *