बि डिभिजन लिगमा आज दुई खेल हुँदै, अंक तालिका सहित

बि डिभिजन लिगमा आज एक खेल हुँदै, अंक तालिका सहित

२८ फागुन २०७६ काठमाडौँ: बी डिभिजन लिगमा आज दुई खेलहरु हुँदै छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज हुने बी डिभिजन लिगको पहिलो खेलमा श्रीकुमारी क्लबले झम्सिखेल युथ क्लबको सामना गर्दै छ भने दोस्रो खेलमा श्री भगवती क्लबले नयाँबस्ती युवा क्लबको सामना गर्दै छ।

श्रीकुमारी क्लब र झम्सिखेल युथ क्लबको खेल १२:३० देखि हुँदै छ भने श्री भगवती र नयाँबस्ती युवा क्लबको खेल ३:३० बजे देखि हुँदै छ ।

श्रीकुमारी क्लब ३ अंक जोड्दै लिग तालिकाको सातौँ  स्थानमा रहेको छ भने  झम्सिखेल युथ क्लब १ अंक जोड्दै लिगको ११ औं स्थानमा रहेको छ । 

श्री भगवती क्लब ४ अंक जोड्दै लिगको छैठौ स्थानमा रहेको छ भने  नयाँबस्ती युवा क्लब २ अक् जोड्दै आठौ स्थानमा रहेको छ । 

ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।

सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ