पत्रपत्रिका

के मिस वर्ल्ड २०२० को फाइनल नेपालमा हुन्छ त ?

के मिस वर्ल्ड २०२० को फाइनल नेपालमा हुन्छ त ?

२३ फागुन २०७६ काठमाडौँ: सन् २०२० को ‘मिस वर्ल्ड’ प्रतियोगिताको फाइनल कार्यक्रम नेपालमा गर्न अध्ययन हुँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मिस नेपालको आयोजना गर्दै आएको ‘द हिडन ट्रेजर’ले त्यसको प्रक्रिया अगाडि बढाएका छन् ।

सम्भावना अध्ययन गर्न बिहीबार (मार्च ५) मा २०१९ कि मिस वल्र्ड जमैकाकी टोनी आन सिंह र मिस वर्ल्ड अर्गनाइजेसनकी अध्यक्ष जुलिया मोर्ली नेतृत्वको हिजो टोली नेपाल आएका छन् ।

टोलीले पहिलो चरणको अध्ययन गरेपछि थप अध्ययनका लागि प्राविधिक टोली नेपाल आउने द हिडन ट्रेजरका अध्यक्ष दिवाकरराज राजकार्णिकारले बताए ।

त्यसपछि मात्रै नेपालमा कार्यक्रम गर्न सकिने–नसकिने टुंगो लाग्नेछ । दुई दिनको नेपाल बसाइमा उनीहरू सिन्धुपाल्चोकसम्म जाने कार्यक्रमसमेत तय गरिएको छ ।
यो समाचार नयाँ पत्रिका दैनिकबाट लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *