कोरोना भाइरस: दर्जनौँ फुटबल दर्शकलाई क्वारन्टीनमा बस्न आग्रह

कोरोना भाइरस:  दर्जनौँ फुटबल दर्शकलाई क्वारन्टीनमा बस्न आग्रह

२२ फागुन २०७६बिबिसी  : इजरेलको तेल अभिभ सहरमा गत साता भएको एउटा फुटबल खेल हेर्न पुगेका दर्जनौँ दर्शकलाई स्वयं अलग्गिएर बस्न अर्थात् सेल्फ क्वारन्टीनमा रहन आदेश दिइएको त्यहाँको समाचार वेबसाइट वाइनेटले जनाएको छ।

मक्काबी तेल अभिभ तथा हापोएल तेल अभिभ टोलीबीच भएको खेलका एकजना किशोर दर्शक कोरोनाभाइरस सङ्क्रमित पुष्टि भएको इजरेलको स्वास्थ्य मन्त्रालयले बुधवार जनाएको छ।

कसरी सर्‍यो?
ती किशोरलाई एउटा खेलौनाको पसलका व्यवस्थापकबाट सङ्क्रमण सरेको ठानिएको छ।

ती व्यवस्थापक हालै इटली गएका थिए। उनी पनि सङ्क्रमित पाइएका छन्।

ती किशोर अहिले घरमै अलग्गिएर बसेको उनकी आमाले बताइन्। उनलाई रुघाखोकी लागेको तर ज्वरो नआएको उनले बताइन्।

उनलाई सङ्क्रमण भएको पाइएपछि स्वास्थ्य मन्त्रालयले सुरुमा हजारौँ अन्य दर्शकलाई क्वारन्टीनमा बस्न भनेको थियो, तर त्यसको चर्को विरोध भएपछि उसले अलग्गिएर बस्नुपर्नेहरूको सङ्ख्या घटायो।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ