एसीसी रिजन टि-२०: नेपालको शानदार जित

एसीसी रिजन टि-२०: नेपालको शानदार जित

२१ फागुन २०७६ काठमाडौँ: एसिसि इस्टर्नको रिजनको टी -२० खेलमा नेपालले शानदार जित दर्ता गरेको छ । थाइल्याण्डलाइ ९ ले विकेट पराजित गर्दै नेपालले जित दर्ता गरेको छ ।

नेपालको जितमा करण केसी र सन्दिप लानिछाने शानदार बलीङ् गरेका थिए भने विस्फोटक ब्याटिंङ् गरेका कुशल मल्ले ३६ र पवन सराफले २७ रन बनाएका थिए ।

थाइल्याण्डले प्रस्तुत गरेको ६७ रनको लक्ष्य नेपालले ५.३ ओभर भेटाउन सफल भएको छ ।

एसिसि इस्टर्नको रिजनको टी -२० खेलमा थाइल्याण्डले नेपाललाई ६७ रनको लक्ष्य दिएको थियो । एसिसि इस्टर्नको रिजनको खेलमा आज टस हरेर नेपालले पहिले बलीङ् गरेको थियो । सुरुवाती ब्याटिंङ् गरेको थाइल्याण्डले ६६ रन मात्र बनाउन सफल भयो ।

नेपालको लागि सर्वाधिक विकेट करण केसीले लिएका थिए । करन केसीले ४ ओभर बलीङ् गर्दै २
मेडन ओभर र १२ रन दिदै ३ विकेट लिएका हुन् । त्यसतै सन्दिपले १ अभिनास बोहोराले २ विकेट र भुवन कार्कीले १ विकेट लिन सफल भए ।

नेपाल र थाइल्याण्डको खेल बिहान ८ :१५ बजे देखि सुरु भएको थियो। पहिलो खेल मलेसियासँग २२ रनले दोस्रो खेलमा हङकङसंगको खेलमा ४३ रनले नेपाल पराजित भएको थियो ।

नेपालले जित दर्ता मात्र गरेर पुग्दैन् थाइल्याण्डलाइ भरि अन्तरले पराजित गर्नु पर्छ । त्यस्तै नेपालले अन्य टोलिको नतिजामा पनि भर पर्नु पर्ने छ । हङकङले सिंगापुरलाई हराएको खण्डमा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना कायमै रहने छ । सिंगापुरले जित्दा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना सकिने छ

singapore XI: Vichanath Singh (C), Nopphon Senamontree, Wanchana Uisuk, Phiriyapong Suanchuai (WK), Chanchai Pengkumta, Ziaul Hoque, Henno Jordan, Daniel Jacobs, Robert Raina, Naveed Pathan, Ismail Sardar

Nepal XI:

Gyanendra Malla (C), , Dipendra Singh Airee, Paras Khadka, Binod Bhandari (WK), Md Arif Sheikh, Karan Kc, Sandeep Lamichhane, Abinash Bohara, Kushal Malla, Pawan Sarraf, Bhuban Karki

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ