च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै_सम्पूर्ण जानकारी

च्याम्पियन्स लिगमा आज दुई खेल हुँदै_सम्पूर्ण जानकारी

७ फागुन २०७६ एजेन्सी: युरोपियन फुटबल प्रतोगिता च्याम्पियन्स लिग फुटबलमा आज पनि दुइ खेलहरु हुँदै छ। युरोपियन फुटबल प्रतोगिता अन्तर्गत च्याम्पियन्स लिगको नकआउट चरणको अन्तिम १६ को  खेलमा आज  इटालियन क्लब एट्लान्टाले स्पेनिस क्लब भ्यालेनसियाविरुद्ध खेल्दै छ भने अर्को खेलमा इङ्ग्लिस क्लब टोटनहमले आफ्नो घरेलु मैदानमा जर्मन क्लब आरबि लेइपजिजकोसँग खेल खेल्दैछ ।

एट्लान्टा बिरुद्ध भ्यालेनसिया र टोटनहम बिरुद्ध आरबि लेइपजिजको खेल एउटै समय रहेको छ । दुवै खेल नेपाली समय अनुसार राति १:४५ मा रहेको छ ।

इटालियन क्लब एट्लान्टा र स्पेनिस क्लब भ्यालेनसियाले हालसम्म च्याम्पियन्स लिगको उपाधि विहीन रहेका छन् भने  इङ्गलिस् क्लब टोटनहम र जर्मन क्लब आरबि लेइपजिजको पनि उपाधि विहिन रहेका छन् ।

इङ्गलिस् क्लब टोटनहम गएको सिजन फाईनल सम्म पुगेको थियो । इङ्गलिस् क्लब टोटनहम गएको सिजन फाईनलमा लिभरपुलसँग २-० ले पराजित भएको थिए ।

च्याम्पियन्स लिग राति हिजो भएको अन्तिम १६ को खेलमा साबिक विजेता लिभरपुल एट्लेटिको मड्रिडसँग १-० ले पराजित भएको छ भने हिजै भएको अर्को खेलमा पेरिस सेन्ट जेर्मन बोरुसिया डोर्टमण्डसँग २-१ ले पराजित भएको छ।

अहिले सम्मका च्याम्पियन्स लिग बिजेताहरु

१. रियल म्याड्रिड (स्पेन) १३ पटक

२. एसी मिलान (इटाली) ७ पटक

३. लिभरपूल (इंगल्याण्ड) ६ पटक

४. बार्सिलोना/बार्यन म्युनिख (स्पेन/जर्मनी) ५/५ पटक

५. अज्याक्स (नेदरल्याण्ड ) ४ पटक

६. म्यानचेस्टर युनाइटेड/इन्टर मिलान (इंगल्याण्ड/इटाली ) ३ पटक

७ . जुभेन्टस / बेन्फिका / पोर्टो / नाटिंगहाम फरेस्ट (इटाली/ पोर्चुगल/इंगल्याण्ड) २ पटक

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ