१९ बर्षका हालान्डले बनाएको यस्तो दुर्लभ कीर्तिमान

१९ बर्षका हालान्डले बनाएको यस्तो दुर्लभ कीर्तिमान

७ फागुन २०७६ एजेन्सी: युरोपको सबै भन्दा ठुलो प्रतोयोगिता च्याम्पियन्स लिगको नकआउट चरणको खेलहरु हिजोबाट सुरु भएको छ । युरोपको सबै भन्दा ठुलो प्रतोयोगिता च्याम्पियन्स लिगको नकआउट चरणको अन्तिम १६ अर्को खेलमा बोरुसिया डोर्टमण्डले पेरिस सेन्ट जेर्मनलाइ पराजित गर्छ ।

बुधबार बिहान १:४५ बजे भएको पहिलो लगको खेलमा पेरिस सेन्ट जेर्मन बोरुसिया डोर्टमण्डसँग २-१ ले पराजित हुन्छ । बोरुसिया डोर्टमण्डको जितमा १९ बर्षका हालान्डले २ गोल गरेका हुन्छन ।

बोरुसिया डोर्टमण्डको जितमा १९ बर्षका हालान्डले २ गोल गर्दै दुर्लभ कीर्तिमान बनाउन सफल भएका छन् । बोरुसिया डोर्टमण्डका फोर्वाड हालान्ड १९ बर्षको उमेरमै च्याम्पियन्स लिग १० गोल गर्ने खेलाडी बन्न पुगेका छन् । फोर्वाड हालान्ड १९ वर्षको कम उमेरमा १० गोल गर्ने पहिलो खेलाडी बन्न सफल भएको कुरा युइएफएको अफिसल वेबसाइतमा उलेखित छ।

१९ बर्षका हालान्डले डोर्टमण्डको इतिहासमा पहिला खेलाडी बन्न पुगे जसले बुण्डेस लिगा, जर्मन कप र च्याम्पियन्स लिगको पहिलो खेलमै गोल गरे। १९ बर्षका हालान्डले आफ्नो पुर्व क्लब रेड बुल काको लागि यसै सिजन च्याम्पियन्स लिगमा  ८ गोल गरेका थिए। हालान्डको पुर्व क्लब रेड बुल च्याम्पियन्स लिगमा अन्तिम ३२ बाटै आउट भएको थियो ।

१९ बर्षका हालान्डले हिजो दुई गोल गरे सँगै जारी सिजन च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बन्न सफल भएका छन् । १९ बर्षका हालान्डले रेड बुल र बोरुसिया डोर्टमण्ड गरि जारि सिजन च्याम्पियन्स लिगमा १० गोल गर्दै बायर्न म्युनिखका रोबेर्ट लेवन्डोसकीसँगै बराबरी गरेका छन् ।बायर्न म्युनिखका रोबेर्ट लेवन्डोसकीले पनि जारि सिजन १० गोल गर्न सफल भएका छन्।

हालान्डले आफ्नो नाममा अर्को दुर्लभ कीर्तिमान बनाएका छन । हालान्डले च्याम्पियन्स लिगको इतिहासमै कम खेलबाट १० गोल गर्ने पहिलो खेलाडी बन्न सफल भएका छन् ।हालान्डले पुर्व क्लब रेड बुल र बोरुसिया डोर्टमण्ड गरि ७ खेलबाट १० गोल गर्न सफल भएका छन् । यो रेकड अहिलले सम्मकुनै पनि खेलाडीले बनाएका छैन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ