खेलकूद अपडेट: लिभरपुल र पिएसजि पराजित, कासिलासको सन्यास

खेलकूद अपडेट: लिभरपुल र पिएसजि पराजित, कासिलासको सन्यास

७ फागुन २०७६ एजेन्सी: युरोपको सबै भन्दा ठुलो प्रतोयोगिता च्याम्पियन्स लिगको नकआउट चरणको खेलहरु हिजोबाट सुरु भएको छ । हिजो भएको च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिगमा साबिक विजेता लिभरपुल एट्लेटिको मड्रिडसँग पराजित भएको छ । बुधबार बिहान १:४५ बजे भएको खेलमा साबिक विजेता लिभरपुल एट्लेटिको मड्रिडसँग १-० ले पराजित भएको छ ।

एट्लेटिको मड्रिडलाइ जित दिलाउन साउल निगुएजले खेलको चौथो मिनेटमा गोल गरेका थिए । एट्लेटिको मड्रिड साउल निगुएजल गोलबाट पहिलो हाफमा १-० अग्रता बनाउन सफल हुन्छ ।

त्यसपछि दोस्रो हाफभरी दुवै टोलिबाट गोल हुदैन् र एट्लेटिको मड्रिडले जित दर्ता गर्छ । अब दोस्रो खेल लिभरपुलको घरेलु मैदानमा एनफिल्ड ११ मार्चमा हुनेछ ।

युरोपको सबै भन्दा ठुलो प्रतोयोगिता च्याम्पियन्स लिगको नकआउट चरणको अन्तिम १६ अर्को खेलमा बोरुसिया डोर्टमण्डले पेरिस सेन्ट जेर्मनलाइ पराजित गर्छ । बुधबार बिहान १:४५ बजे भएको पहिलो लगको खेलमा पेरिस सेन्ट जेर्मन बोरुसिया डोर्टमण्डसँग २-१ ले पराजित हुन्छ । बोरुसिया डोर्टमण्डको जितमा १९ बर्षका हालान्डले २ गोल गर्छन भने पेरिस सेन्ट जेर्मन नयमारले एक गोल गर्छन । गत जनवरीमा डर्टमुन्ड आएयता नै हालान्डले ११ गोल गरेका छन् ।

निकै प्रतिस्पर्धात्मक खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो । १९ बर्षका हालान्डले खेलको ६९ औं मिनेटमा गोल गर्दै बोरुसिया डोर्टमण्ड पहिलो अग्रता दिलाए थिए। पाहुना टोलि पेरिस सेन्ट जेर्मनका नयमारले खेलको ७५ औ मिनेटमा गर्दै खेललाइ बराबरीमा लिएर आएका थिए ।

पाहुना टोलि पेरिस सेन्ट जेर्मनका नयमारले गोल गरेको दुई मिनेट लगतै १९ बर्षका हालान्डले ब्यतिगत दोस्रो गोल गर्दै बोरुसिया डोर्टमण्डलाइ जित दिलाउन छन् । अब बोरुसिया डोर्टमण्ड र  पेरिस सेन्ट जेर्मन दोस्रो लेगको खेल मार्च ११ मा हुनेछ ।

कासिलासको सन्यास

विश्व विजेता ईकर कासिलासले फुटबल करियरबाट सन्यासको घोषणा गरेका छन् । स्पनेलाइ उपाधि दिलाउन मह्तपूर्ण भूमिका रहेको ईकर कासिलासले फुटबल करियरबाट सन्यासको घोषणा गरेका हुन् । पोट्रों क्लबका अध्यक्ष पिन्टो डी कोस्टाले कासिलासले व्यवसायीक फुटबलबाट सन्यासको घोषणा गरेको पुष्टि गरेका छन् । ईकर कासिलास पोट्रों क्लबमा आबद्ध रहेका थिए ।

स्पेनका स्टार कासिलासले स्पेनिस महारथी क्लब रियल मड्रिडमा १६ बर्ष बिताएका थिए । ईकर कासिलासले रियलबाट ५ ला लिगाका साथै ३ युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

खेलकूद अपडेट: लिभरपुल र पिएसजि पराजित, कासिलासको सन्यास

ईकर कासिलासले सन् २०१० मा स्पेनका लागि विश्वकप जितेका थिए । यस्तै, सन् २००८ र २०१२ मा युरो कपको उपाधि समेत जितेका थिए । स्पेनका स्टार कासिलास ह्दयघातका कारण आफ्नो सक्रिय खेलाडी जिवनबाट बिश्रामको अवस्थाका रहेका थिए ।

स्पेनिस फुटबल महासंघको अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका कासिलासले व्यवसायीक फुटबल करियरबाट सन्यासको घोषणा गर्ने अवस्थामा पुगेका हुन्।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ