समाचारसमाज

रौतहटमा अपराधी र प्रहरीबीच मध्यराति गोली हानाहान

रौतहटमा अपराधी र प्रहरीबीच मध्यराति गोली हानाहान

७ फागुन २०७६ रौतहट : व्यक्ति हत्यालगायतका दर्जनौं अपराधमा संलग्न रहेर फरार रहेका तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौटहट र बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले गएराति ११ बजे चन्द्रपुर नगरपालिका-४ स्थित जगलसहियाबाट कुर्मीलाई खुट्टामा गोलि हानेर नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, कुर्मीको वायाँ खुट्टामा २ राउन्ड गोली लागेको छ । घाइते कुर्मीलाई उपचारका लागि चन्द्रपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीलाइनै निसाना बनाएर एम्बुस थापेर बसिरहेका कुर्मीले प्रहरीमाथि गोली चलाएपछि आत्मरक्षाका लागि चार राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ ।

कर्तव्य ज्यानलगायतका दर्जन बढी अभियोग लागेका कुर्मी अभियोग लागेदेखि नै फरार थिए ।

जिल्ला प्रहरी कार्यालय, रौतहटले दिएको जानकारी अनुसार, कुर्मीको साथबाट १ थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने ५ राउन्ड गोलीसमेत बरामद भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *