दक्षिण कोरियामा कोरोना संक्रमित स्वस्थ्य भएर डिस्चार्ज

दक्षिण कोरियामा कोरोना संक्रमित स्वस्थ्य भएर डिस्चार्ज

५ फागुन २०७६ काठमाडौँ : केहि समय चीनबाट दक्षिण कोरिया पुगेकी चिनियाँ महिलामा कोरोना भाइरस देखा परेपछि कोरियाली अस्पताल भर्ना भएकी चिनियाँ महिला स्वस्थ भएर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । कोरोना जीवाणु पीडित ति महिला चिनियाँ रहेको र उनि कोरिया घुम्न गएकी थिइन । स्वास्थ्य अधिकारीहरुले ती महिलाको दुई पटक गरिएको प्रयोगशाला जाँचमा शरीरमा कोरोनाका जीवाणु नभेटिएको र स्वस्थ रहेको बताएका छन् ।

दक्षिण कोरियाली संक्रामक रोग नियन्त्रण केन्द्र (केसीडीसी) का अनुसार कोरोना जीवाणुबाट पीडित भएको पुष्टी भएकी ती ३० वर्षीया चिनियाँ महिलालाई डिस्चार्ज गरिएको छ । उहाँ गत फेब्रुअरी ११ मा अस्पताल भर्ना भएकी थिइन ।

कोरियामा हालसम्म ३० जनामा कोरोना देखिएको छ । देशका विभिन्न अस्पतालबाट हालसम्म नौ जना डिस्चार्ज गरिएको छ ।

ती चिनियाँ महिला चीनको उहानबाट कोरिया आएकी थिइन । अस्पतालबाट यसअघि एक जना ५४ वर्षीय पुरुष पनि स्वस्थ भएर डिस्चार्ज भईन ।

दक्षिण कोरियामा कोरोना जीवाणुको सङ्क्रमण फैलिन नदिन उच्च सतकर्ता अपनाइएको छ । चीनको उहानबाट दक्षिण कोरियाले आफ्ना अधिकाँश नागरिकलाई उद्धार गरी कोरिया ल्याइसकेको छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ