राजनितीसमाचार

महिला कर्मचारीमाथि बलात्कार मुद्दामा महराले पाए सफाइ

महिला कर्मचारीमाथि बलात्कार मुद्दामा महराले पाए सफाइ

५ फागुन २०७६ काठमाडौं : संसद सचिवालयमा काम गर्ने महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश अमरराज पौडेलको इजलासले उनलाई आज सफाइ दिएको हो ।

यसअघि काठमाडौं जिल्‍ला अदालतले महरालाई कसूरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर सोमबार सफाइ दिने फैसला सुनाएको छ ।

महरामाथि १२ असोजको साँझ संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोग लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *