खेलकुदफुटबल

प्रारम्भिक राष्ट्रिय फुटबल टोलीको घोषणा, विमल, रोहित र किरण टिम बाहिर

प्रारम्भिक राष्ट्रिय फुटबल टोलीको घोषणा, विमल, रोहित र किरण टिम बाहिर

४ फागुन २०७६ काठमाडौँ: फिफा विश्वकप र सन् २०२३ मा चनीमा हुने एएफसी एसियन कप छ्नोटको लागि प्रारम्भिक राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय टिमकका मुख्य प्रशीक्षक जोहान कालिनले प्रारम्भिक राष्ट्रिय फुटबल टोलीमा ३१ खेलाडीलाई समेतेका छन् ।

यही ३१ मार्चमा नेपालले अष्ट्रेलियासँग खेल्दै छ । यो खेल दशरथ रंगशालामा हुनेछ । नेपाली राष्ट्रिय टिमकका मुख्य प्रशीक्षक जोहान कालिनले ए डिभिजनको अधारमा टोलिको घोषना गरेका हुन्। प्रारम्भिक राष्ट्रिय फुटबल टोलीमा यो छोटी दर्शन गुरुङ समाबेस गरिएको छ । दर्शन गुरुङ ए डिभिजन लिगको युवा खेलाडी घोषणा भएका थिए ।

प्रारम्भिक टोलीमा भने पहिलो रोजाइका गोलरक्षक तथा नेपाली टोलीका कप्तान किरण चेम्जोङ, फरवार्ड विमल घर्ति मगर र रोहित चन्द प्रारम्भिक टोलीमै परेका छैनन् । रोहित इन्डोनेसियाको लिगमा र किरण भारतको आई लिगमा व्यस्त भएका कारण उनीहरु टिमा परेका छैनन् ।

प्रारम्भिक राष्ट्रिय फुटबल टोलीका ३१ खेलाडी :

गोलरक्षक : विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने

डिफेन्डर : रञ्जित धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकाश खवास, अनन्त तामाङ, देवेन्द्र तामाङ, दिलेन लोक्तन

मिडफिल्डर : विशाल राई ‘बी’, सेसेहाङ आङदेम्बे, तेज तामाङ, बिक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुनिल बल, अञ्जन विष्ट

फरवार्ड : जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा र विमल राना

Leave a Reply

Your email address will not be published. Required fields are marked *