क्रिकेटखेलकुद

डब्लुसीएल लिग २ : ३५ रनमा अमेरिकालाइ समेट्दै नेपालले रच्यो विश्वकिर्तिमान

डब्लुसीएल लिग २ : ३५ रनमा अमेरिकालाइ समेट्दै नेपालले रच्यो विश्वकिर्तिमान

२९ माघ २०७६ काठमाडौँ : विश्वकप लिग २ अन्तर्गत नेपालमा जारि त्रिकोणात्मक एकदिवसिय सिरिजको आज भएको अन्तिम खेलमा अमेरिकालाई ३५ ओभरमा अल आउट गर्दै नेपालले विश्व कीर्तिमान रचेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले १२ ओभरमा अल आउट हुँदै ३५ रन मात्र बनाउन सफल भयो । यो ओडीआईको सर्वाधिक कम योगफल हो । यस अघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो ।

कीर्तिमान नेपालले १५ वर्षपछि बराबर गरेको हो । अमेरिकालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राखेर १६ रन खर्चेर ६ विकेट लिए । सन्दीपको यो करिअरकै उच्च प्रर्दशन हो । नेपालबाट ओडीआईमा ६ विकेट लिने सन्दीप पहिलो खेलाडी बनेका थिए । सुशन भारीले ३ ओभरमा १ मेडन राखेर ५ रन खर्चिदै ४ विकेट लिए ।

सन्दीपले १२ औं ओभरको तेस्रो बलमा अक्षय होमराजलाई पारसबाट ४ रनमा क्याच गराउँदै आफ्नो ओडीआई करिअरमा पहिलो पटक पाँच विकेट पुरा गरे । उनी ओडीआईमा नेपालबाट पाँच विकेट पुरा गर्ने दोस्रो खेलाडी हुन् । यस अघि युएईसँगको दोस्रो एक दिवसिय खेलमा सोमपाल कामीले ५ विकेट लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *