सन्दिपको टिम मेलवर्न स्टार्स बिग ब्यास लिगको फाइनलमा प्रवेश

सन्दिपको टिम मेलवर्न स्टार्स बिग ब्यास लिगको फाइनलमा प्रवेश

२४ माघ २०७६ एजेन्सी: सन्दिपको टिम मेलवर्न स्टार्स बिग ब्यास लिगको फाइनलमा प्रवेश गरेको छ। सन्दिपको टिम मेलवर्न स्टार्सले सिड्नी थणड्ररलाई २८ रनले पराजित गर्दै फाइनलमा प्रवेश छ। फाइनलमा मेलवर्नले अब सिड्नी सिक्सर्ससँग सनिबार भिड्ने छ ।

मेलवर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले टस जितेर पहिले ब्याटिंग रोजेका थिए । सुरुमा ब्याटिंग रोजेको ग्लेन म्याक्सवेलले १९४ लक्ष्य प्रस्तुत गर्यो । मेलवर्न स्टार्सले १९४ को लक्ष्य प्रस्तुत गर्ने क्रममा मारकस स्टोनिस ८३ रन र निक लार्किन पनि ८३ रन जोड्न सफल थिए ।

जवाफी ब्याटिंग गरेको सिड्नी थणड्रर २० ओभर सकिदा १६६ रन मात्र जोड्न सफल भयो । टिम मेलवर्न स्टार्सको लागि हारिस रौफले ४ ओभर ४३ रन दिएर ३ विकेट लिन सफल भए । फाइनलमा मेलवर्नले अब सिड्नी सिक्सर्ससँग सनिबार खेल्ने छ । मेलवर्न स्टार्स र सिड्नी सिक्सर्सको सनिबार दिउसो २ बजे देखि सुरु हुने छ ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ