समाचार

नेपाल टेलिकमले सुरु गर्यो सबै जिल्लामा फोरजी सेवा

नेपाल टेलिकमले सुरु गर्यो सबै जिल्लामा फोरजी सेवा

२४ माघ २०७६ काठमाडौँ: नेपाल टेलिकमले सबै जिल्लामा फोरजी सेवा शुरु गरेको छ । मङ्गलबार हुम्लाको सदरमुकाम सिमकोटमा फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै देशका ७७ जिल्लाकै प्रमुख स्थानमा यसको पहुँच विस्तार भएको छ ।

पहिलो पटक २०७३ सालमा काठमाडौं र पोखराबाट फोरजी सेवा शुरू गरेको टेलिकमले अहिले आएर ७७ वटै जिल्लामा आफ्नो फोरजी सेवा विस्तार गरेको हो। काठमाडौं र पोखरामा बाहेक अन्य ठाउमा फोरजी सेवा विस्तार गर्न आन्तरिक किचलोका कारण ढिला भएको थियो । तर पछिल्लो समय आन्तरिक ब्यबस्थापन मजबुत बनाउदै टेलिकमले अहिले सबै ठाउँमा फोरजी सेवा सुचारु गरेको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनीले सबै जिल्लामा फोरजी सेवा पुगाउने अभियान यही साता सुरु भएको जानकारी दिनु भयो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी अनुसार अनुसार यो सेवा विस्तार गर्न २ हजारभन्दा बढी स्थानमा करीब ३ हजार ६०० इनोडेवी सहितको अत्याधुनिक प्रविधि जडान गरिएको छ ।

नेपाल टेलिकमले वार्षिकोत्सवको समारोलाइ सोबोधन गर्दै प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कपनिले एक वर्षभित्रै देशभर फोरजी विस्तार गर्ने महत्वाकांक्षी र चुनौतीपूर्ण लक्ष्य अनुरुप यसै साताबाट देशका ७७ वटै जिल्लामा फोरजीको पहुँच पुर्याइएको बताउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *