एट्लेटिको मड्रिडलाई लग्यो ठुलो झट्का
एट्लेटिको मड्रिडलाई लग्यो ठुलो झट्का
२१ माघ २०७६ एजेन्सी: स्पनिस क्लब एट्लेटिको मड्रिडलाई ठुलो झट्का लागेको छ। स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड अल्भेरो मोराटाले युईएफए च्याम्पियन्स लिग अन्तरगत प्रि क्वाटरफाइनलको पहिलो लेगको खेल गुमाउने भएका छन् ।
दाया खुट्टाको मसल्स इन्ज्युरीका कारण मोराटाले घरेलु मैदानमा हुन् लागेको च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटर फाइनलको पहिलो लेग गुमाउन लागा हुन् । युईएफए च्याम्पियन्स लिग अन्तरगत प्रि–क्वाटरफाइनल खेलमा स्पनिस क्लब एट्लेटिको मड्रिडले इंग्लिस क्लब लिभरपुलको सामना गर्ने छ ।
स्पनिस क्लब एट्लेटिको मड्रिडले इंग्लिस क्लब लिभरपुलसँग १८ फेबूआरीमा खेल्दै छ। स्पेनिस क्लब एट्लेटिको मड्रिडका फरवार्ड अल्भेरो मोराटाले रियल मद्रिडसँगको खेलमा घाईते भएका थिए ।एट्लेटिको मड्रिडका फरवार्ड अल्भेरो मोराटा कति लामो समय मैदान बाहिर रहने त्यो खुलाएको छैन।
अहिले सम्मका च्याम्पियन्स लिग बिजेताहरु
१. रियल म्याड्रिड (स्पेन) १३ पटक
२. एसी मिलान (इटाली) ७ पटक
३. लिभरपूल (इंगल्याण्ड) ६ पटक
४. बार्सिलोना/बार्यन म्युनिख (स्पेन/जर्मनी) ५/५ पटक
५. अज्याक्स (नेदरल्याण्ड ) ४ पटक
६. म्यानचेस्टर युनाइटेड/इन्टर मिलान (इंगल्याण्ड/इटाली ) ३ पटक
७ . जुभेन्टस / बेन्फिका / पोर्टो / नाटिंगहाम फरेस्ट (इटाली/ पोर्चुगल/इंगल्याण्ड) २ पटक