अन्तरास्ट्रियस्वास्थ्य

१० दिनमै तयार भयो कोरोना भाइरसको उपचारका लागि अस्पताल

१० दिनमै तयार भयो कोरोना भाइरसको उपचारका लागि अस्पताल (फोटो सहित)

२० माघ २०७६ चिन: चीनमा कोरोना भाइरसको प्रकोपको केन्द्रविन्दू मानिएको वुहानमा केवल दश दिनमा १ हजार शैयाको अस्पताल निर्माण सम्पन्न भएको छ । स्वास प्रस्वासका माध्यमबाट अन्य व्यक्तिमा संक्रमण फैलिने भएकाले कोरोना भाइरसको उपचारका लागि अस्पताल निर्माण गरिएको हो।

चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहेकाले पनि संक्रमितको उपचारका लागि आपतकालिन रुपमा तत्काल अस्पतालको आवश्यकता भएको हो । चीनमा हालसम्म कोरोना भाइरसबाट संक्रमितको संख्या १४ हजार नाघिसकेको छ भने ३ सय भन्दा बढीको मृत्यु भइसकेको छ।

१० दिनमै तयार भयो कोरोना भाइरसको उपचारका लागि अस्पताल

आइतबाट चीन बाहिर फिलिपिन्समा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । फिलिपिन्समा मृत्यु भएका ४४ वर्षीय चीनिया नागरिक वुहानबाट फिलिपिन्स जानु अघि नै संक्रमित भएको बताइएको छ ।

चीन बाहेकका मुलुकमा १५० जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । धेरै मुलुकहरुले चीन भएर आउने पर्यटकहरुले प्रवेशमा रोक लगाउनुका साथै आफ्ना नागरिकहरुलाई समेत क्वारेन्टाइन गरिरहेका छन् ।कोरोना भाइरस प्रभावित सहरमा मास्क लगाउन अनिवार्य गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *