कमजोर नतिजा आएपछि क्रिकेट प्रशिक्षक पटवालले दिए राजीनामा

कमजोर नतिजा आएपछि क्रिकेट प्रशिक्षक पटवालले दिए राजीनामा

२० माघ २०७६ काठमाडौं : पछिल्लो समय नेपाली क्रिकेट टिमको प्रदर्शन खस्कने क्रम जारि छ।
पछिल्ला समयहरुका खेल गतिबिधि हेर्ने हो भने साउनमा सिंगापुरमा भएको भएको टी–२० को विश्वकप छनोटको एसिया फाइनलमा नै नेपाल चुक्यो । त्यसपछि साग खेलमा पनि जम्मा चार राष्ट्र सम्मिलित खेलमा नेपाल कश्य पदकमै सिमित रह्यो। प्रतियोगितामा बंगलादेश, श्रीलंका, नेपाल र माल्दिभ्ससम्मिलित खेलमा माल्दिभ्स संगमात्र नेपालले जितेको थियो ।

प्रकिशक उमेश पटवालले नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षक सम्हालेपछि खस्किन थालेको नेपाली क्रिकेट जगत विश्व क्रिकेट जगतमा निक्कैनै कम्जोर टिम बन्ने बाटोमा लागेको छ ।

नेपाली टिमको प्रदर्शन कमजोर भएपछी निसाना बनेका मुख्य प्रशिक्षक पटवालले राजिनामा दिएको समाचार बाहिरिएको छ।

उनले काठमाडौंमा पर्सिबाट सुरु हुने नेपाल, ओमान र अमेरिकाको सिरिज सकिएसँगै लागू हुने गरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मा राजीनामा बुझाएको खबर भैरिएको भएपनि क्यानले यस’bout आधिकारिक भनाइ सार्वजनिक गरेको छैन ।

यहि माघ २२ गते देखि विश्वकप लिग टूमा नेपालको पहिलो सिरिज घरेलु मैदान कीर्तिपुरमा हुँदैछ ।

पटवाल गत जेठमा एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । नेपाल क्रिकेट संघ निलम्बनमा रहेका बेला राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पहलमा आईसीसीले उनलाई मासिक ७ हजार डलर तलब दिने गरी मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

मुख्य प्रशिक्षक बनेपछि पटवालले २०२० मा अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा नेपाललाई पुर्‍याउने लक्ष्य सुनाएका थिए ।

त्रिकोणात्मक सिरिजका लागि बन्द प्रशिक्षण सुरु गर्न समयमै नआएको भन्दै क्यानका पदाधिकारीहरुले विकल्प खोज्नेसक्ने संकेत समेत गरेका थिए । यसले क्यानका पदाधिकारी उनीसँग रुस्ट रहेको स्पस्ट संकेत समेत गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ