खेलकुदफुटबल

लिभरपुल इंग्लिश प्रिमियर लिगको उपाधि नजिक, २५ औं खेलमा पनि अपराजित

लिभरपुल इंग्लिश प्रिमियर लिगको उपाधि नजिक, २५ औं खेलमा पनि अपराजित

१९ माघ २०७६ एजेन्सी: इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै गरेको छ। आफ्नो अपराजित यात्रा कायम गर्न सनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनमाथि ४-० को जित दर्ता गरेको छ । घरेलु मैदानमा एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि मोहम्मद सलाहले दुई तथा एलेक्स अक्सलेड चेम्वरलेन र जोर्डन हेन्डरसनले समान एक गोल गरेका थिए ।

लिभरपुल र साउथह्याम्पटनबिचको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ७ मिनेटमा लिभरपुलले पहिलो गोल गरेको थियो । लिभरपुलको लागि ४७ औं मिनेटमा चाम्बरलिनले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। त्यसपछि खेलको ६० औं मिनेटमा हेन्डरसनको गोलबाट लिभरपुलले खेलमा दुई शुन्यले अग्रता बनाउन सफल भयो ।

७२ औं र ९० औं मिनेटमा मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलले ४-० ले जित दर्ता गर्न साफल भयो ।यो जितपछि लिभरपुलले २५ खेलमा ७३ अंक बनाएको छ। लिभरपुलले २२ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५१ अंक छ। साउथहम्पटनको भने २५ खेलमा ३१ अंकसहित लिगको ११औ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *