मनोरंजनसमाचार

गायिका आस्था राउत अस्पताल भर्ना

गायिका आस्था राउत अस्पताल भर्ना

१४ माघ २०७६ काठमाडौँ: गायिका आस्था राउत अस्पताल भर्ना भएकी छिन्। स्वास्थ्य अवस्था बिग्रेएपछि प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई सोमबार बेलुका त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल भर्ना गरिएको छ । प्रहरी अनुसार चिकित्सकको सल्लाहमा उनलाई अस्पतालमै भर्ना गरिएको हो।

काठमाडौंबाट भद्रपुर जाने क्रममा गायिका आस्था राउतले विमानस्थलमा सुरक्षा जाँचका क्रममा प्रहरीसँग भएको भनाभनलाई लिएर फेसबुकमा प्रहरी संगठन र सुरक्षाकर्मीहरुलाई गाली–गलौज गरेको भिडियो सार्वजनिक भएको थियो । महिला कर्मचारीले अभद्र व्यवहारको निवेदन दिएपछि प्रहरीले पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयसँगै पकाउ पुर्जी जारी गर्न माग गरिएको थियो ।

गायिका आस्था राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *