राजनितीसमाज

जुवाघर बाट काँग्रेसका वडाध्यक्षनै पक्राउ परेपछि !

जुवाघर बाट काँग्रेसका वडाध्यक्षनै पक्राउ परेपछि !

१३ माघ २०७६ धनगढी : कैलालीको गोदावरी नगरपालिकाबाट एक वडाध्यक्षसहित १६ जुवाडेलाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

नगरपालिकास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा गोदावरी नगरपालिका–१० का वडाध्यक्ष रवीन्द्र शाहीसहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ । शाही २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गोदावरी नगरपालिका वडा नं १० को वडाअध्यक्ष निर्वाचित भएका थिए। उनले ९१५ मत प्राप्त गरेर निर्वाचित भएका हुन्।

पक्राउ परेका अन्य व्यक्ति र उनीहरूको साथबाट बरामद गरिएका रकम तथा सामानबारे भने प्रहरीले खुलाएको छैन ।

कैलालीका डीएसपी दक्षकुमार बस्नेतले जुवा खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीलले नियन्त्रणमा लिएको जानकारी दिए ।

समातिएकाबारे जानकारी दिन केहीबेरमा पत्रकार सम्मेलन गर्ने तयारी प्रहरीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *