बिचित्र विश्व

अनौठो रहर : पेटको बोसो निकालेर नितम्बमा प्रत्यारोपण

अनौठो रहर : पेटको बोसो निकालेर नितम्बमा प्रत्यारोपण

विश्वमा प्राय महिलाहरुले आफुलाई राम्री र सुन्दरी देखिन अनेकन हर्कत गर्ने गरेकॊ कुरा जगजाहेर नै छ। केही महिला यस्ता पनि हुन्छन जो आफुलाई अन्य भिंड बाट अलिक फरक देखाउन लागि पर्ने गर्छन। त्यति मात्र काहाँ होर एक महिलाले केहि नयाँ प्रयोग गरे अर्की महिलालाई त्यसको ठ्याक्कै नक्कल गर्ने बानि पुरुषको तुलनामा ज्यादा हुने गर्छ।

त्यस्तै एकजना महिला, जो ३ सन्तानकी आमा हुन् उनी यहीँ सर्जरीका लागि इंगल्याण्डबाट टर्की पुगिन् र उक्त ज्यानमारा सर्जरीका क्रममा उनको मृत्यु भयो ।

टर्कीको इजमिर सहरस्थित एक क्लिनिकमा नितम्ब बढाउने शल्यक्रियाका क्रममा उनलाई तीनपटक हृदयाघात भयो । अन्ततः उनको मृत्यु भयो ।

नितम्बको आकार बढाउने यो फेसनमा गरिने शल्यक्रियाका क्रममा पेटको बोसोलाई निकालेर नितम्बमा प्रत्यारोपण गरिन्छ ।

विज्ञहरुका अनुसार यस सर्जरीका क्रममा मृत्युको दर हर ३ हजारमा एक रहेको छ । तर पनि पछिल्लो समयमा नितम्ब बढाउने शल्यक्रिया गराउने मानिसहरुको संख्या बेलायतमा बढिरहेको छ ।

आखिर महिलाहरुलाई ठूलो नितम्ब किन रुचिरहेको छ ? वास्तवमा महिलाहरु सानो पेट र ठूलो नितम्बसहितको कर्भी फिगरतर्फ आकर्षित भैरहेका छन् ।

किम कार्दाशियन, केइली जेनर, कार्डी बीजस्ता सेलिब्रेटीको फिगरको सिको गर्ने महिलाहरुको संख्या पश्चिमा मुलुकहरुमा निकै बढिरहेको छ । यी सेलिब्रेटीहरुले आफ्ना बडेमाका नितम्बसहितका कामुक तस्वीरहरु इन्टरनेटमा सार्वजनिक गरिरहन्छन् । जसका कारण महिलाहरु प्रेरित हुन्छन् ।

आधुनिक पुरुषहरुले सलक्कको जिउ भएका, कम्मर छिनेका तर पुष्ट छाति र चौडा नितम्ब भएका महिलाहरु मन पराउँछन् भन्ने आम मान्यता छ । यो वैज्ञानिक सत्य पनि हो ।

सायद आधुनिकताको कारण जिउडाल तथा फेसनमा भएको परिवर्तनका कारण पुरुषको नजर महिलाको नितम्बमा पुगेको हो की ? भन्ने अनुमान धेरैको हुनसक्छ ।

तर, वैज्ञानिकहरुका अनुसार केवल आधुनिक युगका पुरुषहरुले मात्र महिलाको चौडा र पुष्ट नितम्ब मन पराउने गरेका होइनन् । ठूलो नितम्ब प्रतिको पुरुषहरुको आशक्ति परापूर्व कालदेखिको जैविक चरित्र रहेको वैज्ञानिकहरुले ठहर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *