खेलकुदफुटबल

बार्सिलोना र रियल मड्रिड कोपा डेल रेको अन्तिम १६ मा प्रवेश

बार्सिलोना र रियल मड्रिड कोपा डेल रेको अन्तिम १६ मा प्रवेश

९ माघ २०७६ एजेन्सी: बार्सिलोना र रियल मड्रिड कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमनको दुई गोल मदतले बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ भने रियल मड्रिडलाई अन्तिम १६ मा प्रवेश गराउन वेल्सका फरवार्ड ग्यारेथ बेल र ब्राहिम डियाजले गोल गरे ।

रियल मड्रिडले एक गोल भने उपहार सोरुप पाएको थियो । बार्सिलोनाले र रियल मड्रिडले दुवैले तेस्रो डिभिजनको क्लबलाइ पराजित गरेका हुन् । बार्सिलोनाले ईबिजालाई २–१ गोल अन्तरले पराजित गरो भने रियल मड्रिडले युनियनीस्टेस डि सालामान्कालाई ३–१ ले पराजित गरेको छ ।

पहिलो हाफमा बार्सिलोना १-० पछि परेको थियो तर बार्सा स्टार ग्रिजम्यानले ७२ र इन्ज्युरी समयमा गोल गर्दै बार्सिलोनाले २-१ जित दर्ता गरेको थियो ।

रियल मड्रिडको लागि बेलले १८औं मिनेटमा सुरुवारती अग्रता दिलाएका थिए।त्यसपछि ६२औं मिनेटमा जुवान गन्गोराले आत्मघाती गोल गरेपछि रियालले खेलमा २–१ को अग्रता लिन सफल भयो ।त्यसपछि खेलको इन्ज्युरी समय डियाजले गोल गर्दै रियाललाई ३–१ को जित दिलाए ।५७औं मिनेटमा सालामान्काले बराबरी गोल फर्काउदै खेललाई १–१ गोलको बराबरीमा ल्यायो थियो ।

यो जित सँगै बार्सिलोना र रियल मड्रिड कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *