समाचार

ए डिभिजन लिग: आज दुई खेल हुँदै (सम्पूर्ण जानकारी)

ए डिभिजन लिग: आज दुई खेल हुँदै (सम्पूर्ण जानकारी)

९ माघ २०७६ एजेन्सी: ए डिभिजन लिगमा आज दुई खेल हुँदै दुई खेल हुँदै छ । आजको पहिलो खेल हिमालयन शेर्पा र थ्रीस्टारबिच हुँदै छ भने दोस्रो खेल एपीएफ र जावलाखेलबिच हुँदै छ । दुवै खेल दशरथ रंगशालामा हुने छन् । आठौं चरण अन्तर्गत आज पहिलो खेलमा मध्यान्ह १२ बजे हिमालयन शेर्पा र थ्रीस्टारबीच प्रतिस्पर्धा हुने छ ।

हिमालयन शेर्पाको ७ खेलबाट ७ अंक रहेको छ । हिमालयन शेर्पा दुई खेलमा पराजित एक खेलमा जित दर्ता गरेको छ भने चार खेल बराबरी खेलको छ । ७ अंक जोडेका एनआरटी एघार स्थानमा रहेको छ । ११ अंक जोडेको थ्रीस्टार क्लब पाँचौ औं स्थानमा रहेको छ । थ्रीस्टार क्लबले ३ खेलमा जित २ खेल बराबरी र २ खेलमा पराजित रहेको छ ।

एपीएफ क्लब एकमा जित, दुईमा बराबरी र चार खेलमा पराजित रहेको छ। एपीएफ ५ अंकसहित १३ औं स्थानमा रहेको छ । जावलाखेल तालिकाको ८औ स्थानमा रहको छ ।जावलाखेल दुईमा जित,तिन बराबरी र दुई हारका साथ ८ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *