ग्रहफल

उत्तर सिरान पारेर सुत्न हुदैन, तर किन ?

उत्तर सिरान पारेर सुत्न हुदैन, तर किन ?

सधै सबैको घरमा प्राय जसो बोलिने सब्द हो, ‘उत्तर सिरानी किन पारेको ?’ बास्तु शास्त्रले पनि घर वा कोठामा राखिने सामग्री देखि लिएर सुत्ने कोठामा राखिने ओछ्यानको समेत शास्त्रीय आधारमा निर्धारण गरेको हुन्छ। शास्त्रहरूमा जीवन जिउने सैली र प्रकृतिकालागि खास कुराहरू बताइएका छन् । यी कुरालाई ध्यानमा राख्दा स्वास्थ्य लाभका, धन लाभ र सामाजिक लाभ समेत हुने गर्दछ साथसाथै सुख समृद्धि पनि प्राप्त हुन्छ ।

सुत्नु दैनिक जीवनको महत्वपूर्ण अंग हो । सुत्दाखेरी लापरवाही गरेमा स्वास्थ्यलाई प्रतिकूल असर पर्छ । त्यसमाथि सुत्ने दिशा ध्यान नदिएमा मनिषलाई तनाव, हानि र स्वास्थ्य असर समेत पर्ने मान्यता रहेको पाइन्छ। आज हामि कुन दिशामा शिर अनि कुन दिशामा गोडा पारेर सुत्दा राम्रो हुन्छ भन्ने कुरामा ध्यान पुर्याउनु पर्ने बिषयमा जरुरी सन्दर्भ समेट्ने प्रयास गर्नेछौ ।

दक्षिण दिशा

दक्षिण दिशामा शिर अनि उत्तर दिशामा गोडा पारेर सुत्नु सर्वोत्तम मानिन्छ । यसरी सुत्दा धेरै बिमारी लाग्न पाउँदैनन् । वातावरणमा चुम्बकीय शक्ति रहेको हुन्छ र यो शक्ति दक्षिणबाट उत्तरतिर गइरहेको हुन्छ । हामीले दक्षिणतिर शिर पारेर सुत्दा यो ऊर्जा हाम्रो शिरबाट पसेर गोडाको बाटो हुँदै निस्कन्छ । यसरी ऊर्जाको यात्राक्रममा भोजन पनि मजाले पच्छ । यसरी सुतेर बिहानीपख उठ्दा हाम्रो दिमाग शान्त हुन्छ र हामी ताजापन महसुस गर्छौं । त्यस्तै दक्षिण तर्फा सिरानी राखेर सुत्नाले धन र आयु बढ्ने समेत मान्यता रहेको पाइन्छ।

उत्तर दिशा

यसको ठीक उल्टो दक्षिण दिशामा गोडा अर्थात् उत्तर दिशामा शिर पारेर सुत्दा चुम्बकीय ऊर्जा गोडाबाट छिरेर शिरतिर पुग्छ । त्यो चुम्बकीय ऊर्जाले तपाईंको मस्तिष्कमा अनावश्यक दबाब दिन्छ किनकि शरीरका विभिन्न अंगलाई छुँदै छिरेको ऊर्जालाई मस्किष्कले सोस्छ र भारी बढाउँछ । त्यो अवस्थामा तपाईं ५ देखि ६ घन्टा रहनुभयो भने दिमागलाई लगातार दबाब परिरहन्छ र रोगहरू लाग्न थाल्छ ।

पुर्व दिशा

दक्षिण दिशातर्फ शिर पारेर सुत्न सकिएन भने पूर्व दिशामा शिर अनि पश्चिम दिशामा गोडा पारेर सुत्नु राम्रो हुन्छ । सूर्य पूर्व दिशाबाट उदाउँछ र बिहान पूर्व दिशातर्फ शिर हुँदा सूर्य भगवानको सम्मान हुन्छ । पश्चिममा टाउको पारेर सुत्दा एकाबिहानै सूर्यलाई गोडा देखाएर अपमान गरेको ठहर्छ । पुर्व तर्फा शिर राखेर सुत्नाले मस्तिस्कमा उर्जा थपिने र बुद्धि बढ्ने समेत धार्मिक मान्यता रहेको पाइन्छ।

दक्षिणतर्फ किन सिरानी बनाएर सुतिन्छ ?

दक्षिण दिशामा किन सिरानी बनाउनुपर्छ ? यसको धार्मिक महत्व के छ ? वैज्ञानिक रहस्य के छ ? किन उत्तरतर्फ सिरानी बनाउनु हुँदैन ? उत्तर वा पश्चिमतर्फ सिरानी बनाए के हुन्छ ?

अहिले हामीलाई यस्ता कुरा बेकारको लाग्नसक्छ । अर्थात अर्थहिन लाग्नसक्छ । यद्यपी हाम्रा पिता-पूर्खाले भन्दै र गर्दै आए, ओछ्यान बनाउँदा दक्षिण दिशातर्फ सिरानी बनाउनुपर्छ ।

दक्षिण, उत्तर, पश्चिम, पूर्व जता बनाएपनि के हुन्छ ? हामीलाई मतलब भएन । किनभने हामीलाई लाग्यो यि कुरा अन्धविश्वास हुन् । पुरातन धारणा हुन् । यस्तै मानसिकता बोकेर हामीले सुत्नका लागि कसरी र कस्तो अवस्था अपनाउने भन्ने कुराको पालना गरेनौं ।

यद्यपी अझैपनि बुढापाका भन्छन्, दक्षिणतर्फ सिरानी बनाउनुपर्छ ।

खासमा राम्रो स्वास्थ्यका लागि पौष्टिक आहार, योग ध्यानका साथसाथै नियमित दिनचर्या पनि जरुरी छ । दिनचर्यामा सही समयमा उठ्ने र सुत्ने तालिका पनि पर्छ । अतः हाम्रा शास्त्रमा लेखिएको छ, कसरी सुत्ने ? कुन दिशातर्फ सिरानी बनाउने ?

यसमा आफ्नै किसिमको धार्मिक महत्व दर्शाइएको छ । यद्यपी धार्मिक कुरामा वैज्ञानिक अर्थ एवं रहस्य पनि लुेको हुन्छ । जस्तो कि, सिरानी कुन दिशामा लगाउने वा कता टाउको फर्काएर सुत्ने भन्ने कुराको पनि बैज्ञानिक कारण छ ।

के छ त वैज्ञानिक अर्थ ?

खासगरी पृथ्वीमा चुम्बकिय तत्व हुन्छ । यसमा दक्षिणबाट उत्तरतर्फ लगातार चुम्बकिय तरंग प्रवाहित भइरहेको हुन्छ । जब हामी दक्षिणतर्फ सिर अर्थात टाउको राखेर सुत्छौं, तब यी उर्जा हाम्रो शरीरमा प्रवेश गर्छ । र खुट्टाबाट निस्किएर बाहिर जान्छ । यही कारण विहान उठ्दा मान्छेले ताजगी महसुष गर्छन् ।

तर, यदि उत्तरतर्फ टाउको र्फकएर सुत्छौ, तब ठिक विपरित ढंगले हाम्रो शरीरमा चुम्बकिय तरंग प्रवाह हुन्छ । जस्तो कि खुट्टाबाट प्रवेश गरेर सिरबाट निस्कन्छ । यसको साइड इफेक्ट भनेको हामीलाई मानसिक समस्या हुन्छ । अल्जाइमर वा मस्तिष्कसम्बन्धी समस्या हुन्छ । उच्च रक्तचापमा पनि यसको कारण मानिएको छ ।

त्यसैले दक्षिणतर्फ टाउको फर्काएर वा सिरानी बनाएर सुत्नुपर्छ ।

सिरानी कता बनाउने भन्ने कुरा पृथ्वीको चुम्बकिय अवस्थितीलाई आधार मानेर तय गरिएको हो । कुन दिशातर्फ सिरानी बनाउँदा सही हुन्छ र कुन दिशा गलत हुन्छ भन्ने कुरा यसैले निर्धाण गर्छ ।

त्यसो त पूर्वी दिसामा पनि सिरानी बनाएर सुत्न सकिन्छ । यसले पनि स्वास्थ्य एवं मानसिकतामा राम्रो प्रभाव पार्ने बताइन्छ । यद्यपी सूर्योदय हुने स्थानमा खुट्टा पारेर सुत्नु हुँदैन । अर्थात पश्चिमतर्फ सिरानी राख्नु राम्रो होइन ।

शरीर विज्ञानको कुरा

हाम्रो मुटु शरीरको तल्लो आधा भागमा छैन, त्यो तीन-चौथार्ए माथिल्लो भागमा छ । किनभने मुटुले रक्त प्रवाह गराउँदा शरीरको तल्लो भागभन्दा माथिल्लो भागमा बढी गाह्रो हनेगर्छ, गुरुत्वाकर्षणको कारण । त्यसैले मुटुभन्दा तलको भागमा रक्त प्रवाह हुने धमनीभन्दा मुटुबाट माथि रक्त प्रवाह गर्ने धमनी बढी परिष्कृत हुन्छ । माथिल्लो भागमा रगत प्रवाह गराउँदा त्यो अत्यान्तै सानो सिरामा हुन्छ, अर्थात कपालको रौं बराबर । यदि त्यसमा अतिरिक्त रगतको बूँद थपियो भने, त्यो फुटेर रक्तश्राव हुनसक्छ ।

धेरैजसो मान्छेको मस्ष्तिकमा रक्तश्राव हुन्छ । यसले खासै ठूलो हानी गरिरहेको हुँदैन, तर सामान्य असर भने गरिरहेकै हुन्छ । ३५ बर्षपछि मान्छेको स्मरणशक्ति वा ग्रहण गर्ने क्षमतामा ह्रास आउनुमा पनि यस्तै कारण हुन्छ ।

जब हाम्रो शरीरमा रगतसँग जोडिएको कुनै समस्या हुन्छ, जस्तो कि एनीमिया वा रक्तअल्पता, तब चिकित्सकले आयरन अर्थात फलाम सेवन गर्नुपर्ने सुझाव दिन्छन् ।

हामीले पृथ्वीको चुम्बकिय क्षेत्र अर्थात म्याग्नेटिक फिल्डको बारेमा सुनेकै छौ । पृथ्वीमा चुम्बकिय शक्ति शक्तिशाली हुन्छन् ।

यदि हामी सुत्दा उत्तर दिशातर्फ टाउको बनाएर सुत्यौ भने वा लगातार यस्तै अवस्थामा ६-७ घण्टा बितायौ भने, चुम्बकिय आकर्षणको दबाव हाम्रो दिमागमा पर्छ । यसले टाउकोको रक्तप्रवाहमा पनि पुरै प्रभाव पार्छ । चुम्बकिय आकर्षणको कारण टाउकोमा बढी रक्तश्राव हुन्छ, त्यही कारण तपाई उत्तेजित भएर उठ्नुहुनेछ । अर्थात तपाईंको निद्रा विचमै टुट्नेछ।

यस किसिमको प्रभाव कति र कस्तो हुन्छ भन्ने कुरा चाहि तपाईंको स्वास्थ्यमा पनि निर्भर गर्छ । यदि रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने यसको असर तपाईंले अरु बढी झेल्नुपर्छ ।

सुताई सम्बन्धी केही कुरा

अहिले धेरै अनिद्राको समस्या झेलिरहेका छन् । धेरैको निद्रा खल्बलिएको छ । यसो हुनुमा हाम्रो खराब जीवनशैली, दिनचर्या, खानपान, चिन्तन मूल कारण हो । यदि हामीले हाम्रा पिता पूर्खाले अभ्यास गर्दै आएका तौर तरिकालाई पालना गरेको भए यस्तो समस्या हुँदैनथ्यो ।

– जब तपाईं उठ्नुहुन्छ, दायाँतर्फ घुम्नुहोस् र विछ्यौनाबाट बाहिर आउनुहोस् । किनभने निद्राबाट उठ्नसाथ मेटाबोलिक प्रक्रिया एकदम धीमा हुन्छ । यस्तो अवस्थामा अचानक ओछ्यान छाड्दा मुटुमा दबाव पर्छ ।

– उठ्नसाथ हात दुबै हात रगड्नुहोस् । यसले गर्दा तपाईंको सबै नाडी सक्रिय हुन्छ ।

– उठ्नसाथ मन्द मुस्कुराउने अभ्यास गरौं । किनभने हरेक बिहान हाम्रो निम्ति नयाँ जीवन हो ।

जान्न पर्ने केही कुराहरु

– सुत्ने ओछ्यान सही दिशामा, सही ढंगले राखेको हुनुपर्छ ।

– सयन कक्षा शान्त, खुला हावा आउजाउ गर्ने हुनुपर्छ ।

– नियमित तालिका अनुसार सुत्नुपर्छ ।

– खाना खाए लगत्तै सुत्नु हुँदैन ।

– सुत्नुअघि मनलाई शान्त बनाउनुपर्छ । व्यवहारिक कुराहरु मनमा खेलाउनु हुँदैन ।

– राती चाडै सुत्ने र विहान चाडै उठ्ने बानी गर्नुपर्छ ।

– कम्तीमा सात वा आठ घण्टा मस्त निदाउनुपर्छ ।

शास्त्र अनुसार सिरानीमुनी राख्नु पर्ने चिजहरु

शास्त्र भन्छ दिनभरी हुने सुख शान्तिको सम्बन्ध रातसँग हुन्छ । रातीमा राम्रो निद्रा परेन भने शरीरको थकान मेटिँदैन । तपाइँलाई ताजा अनुभव रातभरीको विश्राम पछि मात्र हुन्छ । दिनभरीको सुख शान्तिका लागि यी ५ चीज सुत्ने समयमा सिरानी मुनी राख्नु राम्रो हुने शास्त्रमा उल्लेख छ ।

१. हनुमान चालिसा

हरेक रात सुत्ने बेलामा हनुमान चालिसा या सुन्दरकाण्ड पाठ गरेर पुस्तकलाई सिरानीमुनी राखेर सुत्नुस् । शास्त्रका अनुसार यसो गर्दा मन एकाग्र भएर शान्त हुन्छ । मनमा डर, अहम र खराव सपना समेत आउँदैन । सपनाविहिन सुताइनले शरीर पुनर्जाग्रित हुन्छ ।

२. फलामको उपकरण

सुत्ने बेला सिरानी मुनी फलामको उपकरण राख्नु राम्रो मानिन्छ । यसले तपाइँको नजिक नकारात्मक उर्जा आउनबाट रोक्छ । वालवालिका सुत्ने बेला सानो कैँची वा चकु सिरानी मुनी राख्ने चलन पनि यसकै कारण चलेको हो ।

३. मुला

सिरानी मुनी मुला राखेर सुत्ने र विहान उठेर शिवलिङ्गमा अर्पण गर्दा शुभ फल मिलल्छ । शास्त्रका अनुसार यसले राहुको प्रभावलाई कम गर्छ र खराव सपना वा मानसिक तनाव हुनबाट रोक्छ ।

४. फूल

सुत्ने समयमा सिरानी मुनी भगवानलाई अर्पण गरेको फूल राख्दा मनमा शान्ति प्राप्त हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा निद्रा पनि छिटो लाग्ने र विहान उठ्दा ताजा महसुस हुने समेत शास्त्रले उल्लेख गरेको छ । पछिल्लो समयमा थेरापीमा समेत यस्तो प्रयोग हुन थालेको छ ।

५. दुर्गा सप्तसती

पाठलाई सिरानी मुनी राखेर सुत्दा भयबाट मुक्ति मिल्ने शास्त्रमा उल्लेख छ । यसले दिनभर हुने चिन्ता र तनावबाट मुक्ति हुने शास्त्रमा उल्लेख छ । यसो गर्दा विहानमा उठ्दा ताजापन अनुभव समेत हुने विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *