खेलकुदफुटबल

सरस्वति बिरुद्ध फ्रेन्ड्सको सानदार जित

सरस्वति बिरुद्ध फ्रेन्ड्सको सानदार जित

५ माघ २०७६ काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सरस्वति क्लब र फ्रेन्ड्स क्लब बीच आज भएको दोश्रो खेलमा फ्रेन्ड्स क्लबले जित दर्ता गरेको छ।

आज आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दोश्रो खेलमा फ्रेन्ड्सले ४-१ गोलले जित दर्ता गरेको छ।

  खेल सुरु भएको पहिलो ५ मिनेटमै फ्रेन्ड्स क्लबका उत्तम रिले गोल गर्दै क्लबलाइ अग्रता दिलाएका थिए भने २४ औँ मिनेटमा फ्रेन्ड्सकै साउलो डि एकविनोले दोश्रो गोल गर्दै फ्रेन्ड्स लाइ २-० को अग्रता दिलाए।

खेलको पहिलो हाफमा २-०को अग्रता लिएको फ्रेन्ड्सले दोश्रो हाफमा पनि ७०औँ मिनेटमा तेश्रो गोल गर्दै ३-० को अग्रता लिएको थियो। उक्त गोल फ्रेन्ड्स का लागि वेग्नर डि कार्मो ले गरेका थिए।

खेलको ८०औँ मिनेटमा कजिम अदेगोके बुसारीले १ गोल फर्काउदै खेललाई ३-१ गोल अन्तरमा पुर्याए । सरस्वती क्लबको लागि उक्त गोल खेलभरिको १ गोलमात्र थियो।

खेलको ८६औँ मिनेटमा उत्तम राइ ले फेरी गोल गर्दै क्लबलाई ४-१ को अन्तरमा पुर्याए। त्यसपछि सरस्वतीले कुनैपनि गोल फर्काउन सकेन र फ्रेन्ड्स ले ४-१ गोल अन्तरले आजको खेल जित्न सफल भएको थियो।

सरस्वतीलाई हराएसँगै फ्रेन्ड्सले लिगमा दोस्रो जित निकालेको छ। जितसँगै फ्रेन्ड्सले ७ खेलमा ८ अंक जोडेको छ । फ्रेन्ड्स लिगको नवौं स्थानमा समेत उक्लिएको छ ।

सरस्वतीको लिगमा यो छैटौं हार हो । लिगको पुछारमा रहेको सरस्वतीको अहिलेसम्म १ अंक मात्र जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *