समाचार

रोजगार : नेपाल प्रहरीमा १०७२ प्राविधिक प्रहरी जवान भर्ना माग

रोजगार : नेपाल प्रहरीमा १०७२ प्राविधिक प्रहरी जवान भर्ना माग

१ माघ २०७६ काठमाडौं : बेरोजगार युवाको लागि नेपाल प्रहरीमा रोजगारको अवसर सिर्जना भएको छ। नेपाल प्रहरीले प्राविधिक प्रहरी जवानमा १०७२ जनशक्ति माग गरेको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, भर्ना छनोट महाशाखाले प्राविधिक समूहअन्तर्गत रिक्त विभिन्न उपसमूहमा प्राविधिक प्रहरी जवान माग गरेको बताएको छ ।

नेपाल प्रहरीले बुधबार एक सूचना प्रकाशित गरी माघ ५ गतेदेखि फागुन ११ गतेसम्म दरखास्त बुझाउन इच्छुक व्यक्तिहरूलाई आग्रह गरेको छ ।

दरखास्त ७५ वटै जिल्ला प्रहरी कार्यालयसँगै सातै प्रदेशका प्रहरी तालिम केन्द्र र उपत्यकाका ३ वटै परिसरबाट दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीमा रोजगार सम्बन्धि सूचना

रोजगार : नेपाल प्रहरीमा १०७२ प्राविधिक प्रहरी जवान भर्ना माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *